देश बनाउने साझा दायित्व रहेको मन्त्री चौधरीको भनाइ | Khabarhub Khabarhub

देश बनाउने साझा दायित्व रहेको मन्त्री चौधरीको भनाइ


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सहरी विकास मन्त्री मेटमणि चौधरीले एउटा व्यक्ति वा एउटा संस्थाले मात्र देश विकास सम्भव नहुने भएकाले देश बनाउने दायित्व सबैको साझा भएको बताएका छन् ।

सहरी विकास मन्त्रालयद्वारा पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजित विद्यार्थीहरुसँग मन्त्री कार्यक्रमको दोश्रो श्रृङ्खलामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरिङ पढेका विद्यार्थीहरुले आधुनिक र व्यवस्थित सहर निर्माणमा झनै ठूलो योगदान गर्न सक्ने बताउँदै उनीहरुसँग ठोस सुझाव समेत मागेका थिए ।

सहरी विकास मन्त्रीमा नियुक्त भए लगत्तै मन्त्री चौधरीले सबै तह र तप्काका नागरिकहरुसँग निरन्तर सुझाव लिने उद्देश्यले नै यसखाले कार्यक्रम तय भएको सचिवालय प्रमुख भूमान्डप केसीले जानकारी गराएका थिए ।

सहरी विकास, भवन निर्माण लगायत विषयमा स्नातकोत्तर गरेका विद्यार्थीको उल्लेख्य संख्यामा उपस्थिति थियो ।

त्यसैगरि कलेजका थुप्रै पूर्वविद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले सहरीकरण व्यवस्थित गर्नेबारे सुझाव दिनुका साथै सरकारी धारणा समेत मागेका थिए ।

उक्त कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेश सिंह, सहसचिव पद्म कुमार मैनाली, पुल्चोक इन्जिनियरिङ कलेजका प्रमुख डा. इन्द्र प्रसाद आचार्य लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ९ : ४७ बजे

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

म नै कम्युनिष्ट एकताको प्रस्तावक हुँ : प्रचण्ड

जाजरकोट– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

नवलपरासी- नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५०

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड कालोपत्र

कास्की- निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक

ट्रम्पको डिपोर्ट नीतिलाई अदालतको साथ

वाशिङ्टन – अमेरिकामा रहेका तीन लाख ५० हजार भेनेजुएलीलाई डिपोर्ट