उमेशले जोडे नेपालका लागि रजत पदक « Khabarhub

उमेशले जोडे नेपालका लागि रजत पदक


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शारीरिक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि रजत पदक जितेका छन्।

बुधबार माल्दिभ्समा आयोजना भएको ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपतर्फ ८० केजी तौलमा राईले रजत पदक प्राप्त गरेका हुन् ।

टोली व्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले राईले नेपालका लागि रजत पदक जित्न सफल भएको जानकारी दिए ।

उनका अनुसार ८ खेलाडी सहभागी भएको सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाइल्याण्डका पतैवात अलकावातले कास्य पदक हासिल गरे ।

राईले यसअघि पनि फिटनेस फिजिकतर्फ १७० सेमी सम्मको प्रतिस्पर्धामा नेपालका लागि कास्य पदक प्राप्त गरेका थिए ।

यस्तै तीन खेलाडी सहभागिता रहेको च्याम्पियनसिपमा महिलातर्फ एथलेटिक फिजिकमा सुजिता मानन्धरले छैटौं स्थान हात पार्न पारेकी छिन् ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ११ : ५९ बजे

पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा १२ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिकाअन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द