प्रधानमन्त्री बन्नका लागि प्रचण्ड विदेश दौडाहामा छन्: एमाले महासचिव पोखरेल « Khabarhub

प्रधानमन्त्री बन्नका लागि प्रचण्ड विदेश दौडाहामा छन्: एमाले महासचिव पोखरेल


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नका लागि देश/विदेश दौडाहामा निस्केको आरोप लगाएका छन् ।

महासचिव पोखरेलले १२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको टिप्पणी गरेका हुन् ।

बुधबार काठमाडौंमा प्रेस चौतारी नेपालद्वारा आयोजित अनलाइन समाचार माध्यमका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

महासचिव पोखरेलले दाहालप्रति संकेत गर्दै जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक कुरा नभएको तर्कसमेत गरे।

‘जति साना दलहरु मुलुकको राजनीतिमा हावी हुन्छन्, त्यति नै मुलुकले सही बाटो समाउन सक्दैन। आज के देखिन्छ ? तेस्रो/चौथो पार्टी प्रधानमन्त्री खोज्न भौँतारिइरहेको सुन्दाखेरी नेपालको लोकतन्त्रले सही बाटो समातेको छ र ?,’ उनले भने ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ११ : ४१ बजे

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौं – न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न

बालेन भन्छन्ः म नेपाल हाँसेको हेर्न चाहन्छु

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूले नेपाल हाँसेको

नेकपाको बन्दसूचीमा मित्र परियारदेखि पञ्चा सिंहसम्म

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले यसअघिसम्म मन्त्री

रवि, बालेन र कुलमानबीच भएको सहमतिमा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा