भारतीय हुण्डी कारोबारी साढे ४१ लाख रुपैयाँसहित पक्राउ « Khabarhub

भारतीय हुण्डी कारोबारी साढे ४१ लाख रुपैयाँसहित पक्राउ


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – ठूलो परिणामको हुण्डी रकमसहित एक भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

भारतीय नम्बर प्लेट बीआर ०५ एन ०२३८ को हिरोहोण्डा ग्ल्यामर मोटरसाइकलको सिटमुनि र तेल ट्यांकीभित्र लुकाएर नेपाल ल्याउँदै गरेको अवस्थामा ४१ लख ५५ हजार नगदसहित उनी वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट बुधबार पक्राउ परेका हुन्।

स्रोत नखुलेको उक्त परिणामको नगदसहित पक्राउ परेका भारतको बिहारस्थित पूर्वी चम्पारण थाना रक्सौल वडा नम्बर ११ बस्ने राकेश कुमारविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान अघि बढाइएको पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।

गत आर्थिक वर्षमा पर्सामा एक करोड ६५ लाख १३ लाख ६२० रुपैयाँसहित २२ हुण्डी कारोबारी पक्राउ गरेको पर्सा प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ६ : ५३ बजे

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,