काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार २० जना सवारी चालकलाई कारबाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा बुधबार कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ५०, लेन अनुशासन पालना नगर्ने ६४, रेड लाइटमा सवारी चलाउने ७४ जना सवारी चालक रहेका छन् ।
यस्तै, ठिक तरिकाले नम्बर प्लेट नराख्ने ४१ जना सवारी चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ । अन्य कारबाहीमा पर्ने १ हजार ७११ जना सवारी चालक रहेका छन् ।
प्रतिक्रिया