उच्च अदालत जनकपुरद्वारा ४९ प्रतिशत मुद्दा फर्छ्योट « Khabarhub

उच्च अदालत जनकपुरद्वारा ४९ प्रतिशत मुद्दा फर्छ्योट


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८-७९ मा ४९ दशमलव १५ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ । आव २०७८-७९ मा कायम भएका चार हजार ७२४ मुद्दामध्ये दुई हजार ३२२ मुद्दा फर्छ्योट गरिएको थियो ।

अदालतका रजिष्ट्रार खङ्गराज अधिकारीका अनुसार आव २०७७-७८ देखि जिम्मेवारी सरेर आएका दुई हजार ४६६ मुद्दामध्ये एक हजार ७४४ र आव २०७८-७९ मा नयाँ दर्ता भएका दुई हजार २५८ मुद्दामध्ये ५७८ मुद्दा फर्छ्योट गरिएका थिए । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका ७२२ र आव २०७८-७९ मा नयाँ दर्ता भएका मुद्दामध्ये एक हजार ६८० मुद्दा फर्छ्योट गर्न बाँकी रहेको अधिकारीको भनाइ छ । आव २०७८-७९ मा सरल किसिमका १२२, सामान्य किसिमका ४५६, विशेष किसिमका ९९७ तथा मार्ग समूहमा नपर्ने-डिसीएम लागू हुनुपूर्वका ७४७ मुद्दा फर्छ्योट भएका छन् ।

आव २०७७-७८ मा सो अदालतले ३३ प्रतिशत अर्थात् एक हजार २१६ मुद्दा फर्छ्योट गरेको थियो भने आव २०७६-७७ मा ५२ दशमलव २० प्रतिशत अर्थात् दुई हजार ७२ मुद्दा फर्छ्योट गरेको थियो । सो अदालतले आव २०७५-७६ मा सबैभन्दा बढी ७२ दशमलव ९६ अर्थात् तीन हजार २१२ मुद्दा फर्छ्योट गरेको थियो ।

कोरोना महामारी, कानुन व्यवसायीको आन्दोलन र त्यसपछि न्यायाधीशहरूको सरुवालगायत कारणले अपेक्षितरूपमा मुद्दाको फैसला गर्न नसकिएको अदालतका कामु मुख्यन्यायाधीश विनोद शर्माले बताए । अघिल्लो आवको तुलनामा यस वर्ष बढी मुद्दा फैसला गर्न सफल भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ९ : २६ बजे

हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, सैन्य जहाजलाई भने अझै रोक

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज

शुभमन गिलको विष्फोटक ब्याटिङ : कोलकातामाथि गुजरात ५ विकेटले विजयी

हमदाबाद – कप्तान शुभमन गिलको विष्फोटक ब्याटिङ मद्दतमा गुजरात टाइटन्सले

सर्वोच्चले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकताका दिनुका तीन आधार

काठमाडौँ – सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवादमा गगन थापा नेतृत्वको

सम्पदाको संरक्षणमा एउटा पहल : आज विश्व सम्पदा दिवस

काठमाडौंँ – सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय