मेची भन्सारको एक करोड ८७ लाख असुली गर्न महालेखाको सुझाव | Khabarhub Khabarhub

मेची भन्सारको एक करोड ८७ लाख असुली गर्न महालेखाको सुझाव


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा -मेची भन्सार कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाएर रु एक करोड ८७ लाख ८० हजार राजस्व छली भएको पाइएको छ । सो रकम भन्सारमा दाखिला गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।

हालै सार्वजनिक भएको महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार मेची भन्सार कार्यालय र सुक्खा बन्दरगाहबाट मिलेमतोमा दाना आयात गर्दै आएका पैठारीकर्ताबाट रु ८२ लाख ११ हजार भन्सार महसुल रकम असुल गर्न निर्देशन दिइएको छ । दाना तथा पशुपक्षी उद्योगीले भारतबाट आर्थिक वर्ष २०७८-७९ मा भटमासको दाना आयात गर्दा कानुनबमोजिम लाग्ने भन्सार शुल्क नबुझाएर मिलेमतोमा ५० प्रतिशत छुट लिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी पैठारीकर्ताले पोटेटो क्र्याकर पैठारी गरेकामा भन्सारमा घटी भएको महसुल र सोको मूल्य अभिवृद्धि करसमेत रु ५२ लाख २४ हजार कार्यालयले असुल गर्र्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । भन्सारले नपकाएको पास्तामा ४० प्रतिशत भन्सार महसुल प्रतिकिलो रु १७ का दरले हुने अन्तःशुल्क र मूल्य अभिवृद्धि कर लगाई जाँचपास गर्नुपर्नेमा न्यून भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाई जाँचपास गरेको खुल्न आएको छ ।

पूर्वी नाका भएर पैठारीकर्ताले फलाम वा स्पातका पाइपजस्ता मालवस्तुमा कुनै पनि सुविधा उपलब्ध नगराई महसुल असुल गरिनुपर्नेमा प्रज्ञानपत्रबाट जाँचपास गर्दा राजस्वमा छली भएको रु ३१ लाख ५९ हजार दाखिला गर्नुपर्ने देखिएको छ । क्लोजिङ, बोटलिङ र र्‍यापिङ मेसिनको समेत वर्गीकरण गरी पाँच प्रतिशत भन्सार महसुल असुल गर्नुपर्नेमा फरक भन्सारबाट जाँचपास गर्दा छुट भएको भन्सार महसुल तथा मूल्य अभिवृद्धि करसमेत रु २१ लाख ८६ हजार राजस्व भन्सारमा दाखिला गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीले कतिपय पैठारीकर्ताले स्वीकृति नलिइदिने, कतिपयले एउटा शीर्षकबाट लैजानुपर्नेमा अर्कै शीर्षकबाट लगिदिने कारणले महालेखाको प्रतिवेदनमा बेरुजु देखिएको बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १० : ४६ बजे

नवपुस्तालाई न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न गृहमन्त्री अर्यालको कर्मचारीलाई निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुप काम गर्न र

स्पेनमा ५० हजार दर्शकबीच प्यालेस्टिनी टोलीको मैत्रीपूर्ण खेल

बिलबाओ– प्यालेस्टिनी फुटबल खेलाडीहरूको चयन गरिएको टोलीले शनिबार बास्क देशका

निर्वाचन आयोगद्वारा दुर्गा प्रसाईँको नागरिक बचाउ दल सनाखत

काठमाडौं– व्यवसायी दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि

अमेरिकाद्वारा बी-६१-१२ आणविक बमको सफल उडान परीक्षण सम्पन्न

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले आफ्नो अत्याधुनिक बी–६१–१२ आणविक गुरुत्वाकर्षण बमको

चितवनका माओवादी कार्यकर्ताद्वारा प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको घोषणा

काठमाडौं– चितवनका नेकपा माओवादी केन्द्रका विभिन्न तहमा रहेका कार्यकर्ताहरूले प्रगतिशील