कर्णाली प्रदेशसभा बैठक: अझै भएन दलीय सहमति  | Khabarhub Khabarhub

कर्णाली प्रदेशसभा बैठक: अझै भएन दलीय सहमति 


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सोमबारदेखि अवरुद्ध भएको कर्णाली प्रदेशसभाको बैठक अझै सुचारु गर्ने विषयमा सहमति हुन सकेको छैन । सत्तारुढ दलहरूबीच एकले अर्कोलाई असहयोग गरेको भन्दै भएको अवरोध तीन दिन बितिसक्दा पनि समाधानतर्फ उन्मुख हुन सकेको छैन ।

नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले बुधबार बिहान आफ्ना माग पुरा नभएसम्म सदन र विषयगत समितिका कुनै पनि विषयमा सहभागी नहुने निर्णय गरिसकेको छ । यो निर्णयले सदनभित्रका काम प्रभावित भएका छन् । सत्तारुढ दलभित्र असहमति भएपछि माओवादी सदनबाट बाहिरिएको थियो ।

बुधबार दिउँसो सभामुख राजबहादुर शाहीले दलीय सहमति गराउने भन्दै बोलाएको बैठकमा समेत निष्कर्ष ननिस्कँदा फेरी अर्को बैठक बस्ने गरी बैठक सकिएको छ। अर्को बैठक कहिले बस्ने विषयमा समेत टुङ्गो लागेको छैन ।

मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रको बलमा मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्री सत्ता साझेदार दलहरूसँग कुनै पनि सरोकार सम्बन्ध नराखी एकलौटी तरिकाले अगाडि बढ्दा समस्या आएको माओवादी केन्द्र संसदीय दलकी सचेतक कृष्ण शाहकाे आरोप छ ।

माओवादीको भागमा परेको विषयगत समितिमा नियुक्ति लगाएका अन्य कुरामा ध्यान नदिएर राजनीतिक रूपमा असहयोग गरेको शाहको भनाइ छ ।  उनले भनिन्, ‘सरकारले प्रमुख सत्ता साझेदार दल माओवादीलाई पूर्ण बेवास्ता गरेको छ । विगतमा पनि गठबन्धन सरकार थियो ।’ यो सरकारले माओवादीलाई लतारेर अघि बढ्न खोजेको उनले टिप्पणी गनिन् ।

अघिल्लो सरकारले परिवर्तनका लागि जीवन समर्पण गर्नेको स्मृतिमा सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको भन्दै सरकारले यसलाई कार्यान्वयन नगरी बजेट फ्रिज गराएको माओवादी भनाइ छ ।

सरकारकै कारण माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्व विहीन बनेको, शान्ति पुनर्स्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लगायतका महत्त्वपूर्ण विधेयक पनि सरकारका कारण प्रदेशसभाको कार्यसूचीमा पर्न नसकेको माओवादीको दाबी छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १ : ५५ बजे

डाइलासिसले जीवन धानेकाको बिलौना- ‘सरकारी सुविधाले न गरी खानु, न मरी जानु बनायो’

भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नं २ बस्ने ३२ वर्षीय

हेटौँडा औद्योगिक क्षेत्रमा १२७ उद्योग सञ्चालनमा

मकवानपुर– मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा हाल दैनिक १२७ वटा विभिन्न

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी

नवलपरासी– चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा १०

एउटै गाउँबाट डेढ करोडको सुन्तला बिक्री

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष सात

कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख

नवलपरासी– सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र