दुई पाङ्ग्रे सवारीसाधनबाट गस्ती गर्ने | Khabarhub Khabarhub

 दुई पाङ्ग्रे सवारीसाधनबाट गस्ती गर्ने


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकामा नगर प्रहरीले अब दुई पाङ्ग्रे विद्युतीय सवारीसाधनबाट २४ औँ घण्टा गस्ती गर्ने भएको छ । नगर प्रहरीले प्रदान गर्ने सेवा सुविधालाई छिटोछरितोका साथै चुस्त तथा दुरुस्त बनाउन उक्त काम अघि सारेको हो । 

उक्त कार्यक्रमको घण्टी बजाएर आज उद्घाटन गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सो साधनमार्फत नगरवासीको सहयोग गर्न तथा घटनास्थलमा तुरुन्तै पुग्नका साथै महानगरको सुव्यवस्था कायम गर्न नगर प्रहरीको हितमा आफूहरूले पाँच विद्युतीय स्कुटर प्रयोगमा ल्याएको भनाइ राखे। उनले भने, ‘यस साधनले गाडी नजाने साँघुरो बाटोमा पनि तत्काल पुगी काम गर्न तथा पार्किङको रेखदेख र व्यवस्थापन गर्न एवं ट्राफिक जामका साथै सवारी दुर्घटना हुनसक्ने गरी अनधिकृत रुपमा गरिएका पार्किङलाई कारबाही गर्नसमेत सहयोग पुग्नेछ ।’

दुईपाङ्ग्रे सवारी साधनले नगर सरसफाइ गर्नाका साथै अनधिकृत रुपमा राखिएका विज्ञापन तथा होर्डिङ बोर्ड नियन्त्रणमा ध्यान दिने उनले बताए । नगर प्रहरी प्रमुख सीताराम हाछेंथुले सो साधनमा गस्ती गर्दा सार्वजनिक आवागमनमा बाधा पु¥याउने फुटपाथ पसल हटाउन तथा मापदण्डविपरीत अनधिकृतरूपमा निर्माण गरिएका संरचना बनाउन नदिइने बताए ।

‘राफ्ट बारिएर’ मोडलको एवं चार्ज गर्न दुईदेखि तीन घण्टा लाग्ने तथा त्यसको ब्याट्रीको पावर दुई किलोवाटको रहनाका साथै सो साधनको ड्राइभिङको दायरा ७० देखि १०० किलोमिटर रहने जानकारी गराइएको थियो । त्यसैगरी सो कार्यक्रममा उक्त दुई पाङ्ग्रे साधन नियमित गस्ती गर्न नगरवासीको सहयोगमा घटनास्थलमा पाँच मिनेटमा पुग्न सक्ने पनि सुनाइएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  २ : ४३ बजे

भारतले पाकिस्तानसँग सीमा समारोह पुनः सुरु गर्ने

काठमाडौं– भारतले मंगलबार छिमेकी पाकिस्तानसँग दैनिक सीमा समारोह पुनः सुरु गर्ने

गभर्नरमा तीनजनाको नाम सिफारिस, मन्त्रिपरिषद्‍बाट विश्व पौडेललाई नियुक्त गरिँदै

काठमाडौं- नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीनजनाको नाम सिफारिस भएको छ

एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

किमाथाङ्का– सङ्खुवासभाको मकालु गाउँपालिका–२ का एकै परिवारका छ जनाले मकालु

हङकङका नेपाली स्रष्टालाई नेप्लिज एशोसियशनकाे सम्मान

हङकङ – हङकङलाई कर्मथलो बनाएर नेपाली साहित्य अनवरत सिर्जना गर्नेहरूका

सगरमाथा शिखरमा फहराइयो अनेरास्ववियुको झण्डा

काठमाडौं– नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)