बागमती प्रदेशसभा बैठक: दुई विधेयक पेस | Khabarhub Khabarhub

बागमती प्रदेशसभा बैठक: दुई विधेयक पेस


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशसभा बैठकमा प्रदेश र स्थानीय तहका कर्मचारीलाई व्यवस्थापन गर्न बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेस गरिएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेका हुन्। 

आजको बैठकमा अन्य दुई ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि पेस गरिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेस गरे । 

त्यस्तै प्रदेश प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेस गरे ।  

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  २ : ५१ बजे

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

वीरगञ्ज– गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन