एक करोडभन्दा बढीको अवैध सामान बरामद | Khabarhub Khabarhub

एक करोडभन्दा बढीको अवैध सामान बरामद


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नम्बर ७ सरस्वतीनगरस्थित एक घरमा रहेको अवैध गोदाममा प्रहरीले छापा मारेको छ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोदाममा छापा मारेको हो ।

अवैध सामान भण्डारण गरेर राखेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोदाममा छापा मार्दा विभिन्न ब्रान्डका विदेशी चुरोट, गुट्खा, हुक्का फ्लेबर, अक्सिमिटर र पटका लगायत १ करोड मूल्य बराबरको अवैध सामान बरामद भएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए। उनले सामान भन्सार छलेर ल्याइएको पाइएको भन्दै गोदामका मालिक पर्साको प्रसौनी गाउँपालिका १ घर भएर कपन बस्ने छविलाल अगस्तीलाई पक्राउ गरिएको बताए।

अगस्तीले सिजल एण्ड सु्जता टेण्ड्रिङ प्रालि भनेर दर्ता गरेको फर्मको गोदाममा उक्त परिणामको अवैध सामान बरामद गरिएको हो । अवैध सामानसहित पक्राउ परेका अगस्तीलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइने कोइरालाले बताए।

बरामद सामान पटका पनि भएकाले विस्फोटक पदार्थ ऐनसम्बन्धी कसुरमा उनीविरुद्ध मुद्दा चलाइने कोइरालाले बताए।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ३ : ५९ बजे

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

वीरगञ्ज– गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन