सम्पत्ति शुद्धीकरण मुद्दामा सोनिया गान्धीसँग फेरि सोधपुछ « Khabarhub

सम्पत्ति शुद्धीकरण मुद्दामा सोनिया गान्धीसँग फेरि सोधपुछ


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस अध्यक्ष सोनिया गान्धी आज बिहीबार प्रवर्तन निर्देशनालय ‘ईडी’मा उपस्थित भएकी छिन् । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि नेतृ सोनिया दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा उपस्थित भएकी हुन् । उनलाई सोधपुछ गर्ने कार्य बिहीबारका लागि सकिएको भारतीय अखबार इण्डिया टुडेले जनएको छ ।

यसअघि सोही मुद्दामा राहुल गान्धी पटक पटक इडीमा उपस्थित भएका थिए । उनलाई त्यहाँ घन्टौंसम्म सोधपुछ गरिएको थियो । यसअघि सोनियालाई राहुलसँगै सोधपुछ गर्ने तयारी गरिएको थियो । तर, उक्त समयमा सोनियालाई बिरामी भएर अस्तपाल भर्ना गरिएको थियो । कोभिडबाट भर्ना भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् ।

निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेस कार्यकर्ताले विरोध गर्दै आएका छन् । आफ्ना नेताविरुद्धका आरोप आधारहीन भएको र भाजपाले प्रतिशोधको राजनीति गरेको कंग्रेसले आरोप लगाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र अमित साहले फसाउन खोजेको उनीहरूले आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ४ : २८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार