संसारकै सबैभन्दा वृद्ध पाण्डाको मृत्यु | Khabarhub Khabarhub

संसारकै सबैभन्दा वृद्ध पाण्डाको मृत्यु


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हङकङमा संसारको सबैभन्दा वृद्ध पाण्डाको मृत्यु भएको छ । मानव हेरचाहमा रहेको संसारको सबैभन्दा बुढो पाण्डा एनएनको बिहीबार ३५ वर्षको उमेरमा मृत्यु भएको हो । उक्त पाण्डाको उमेर मानिसका उमेरको अनुपातमा १०५ वर्ष बराबर रहेको हङकङ थिम पार्कले जनाएको छ ।

एनएनको स्वास्थ्य विगतका केही हप्ताहरूमा लगातार खराबी हुँदै गएको थियो । उसले थोरै खान थालेको उक्त पाण्डा बस्दै आएको ओसियन पार्कले जनाएको छ ।

विगत केही सातायाता एनएनको स्वास्थ्य बिग्रदै जाँदा उसले हिँडडुल गर्न मात्र छाडेन, चारोसमेत खाएन । हङकङको ओसन पार्कले एनएनको स्मृतिमा उसकै खोरमा शोक पुस्तिका राख्ने भएको छ । एनएनलाई उसको चलाखी र चञ्चलताका निम्ति क्लबले सधैँ सम्झिइरहने बताएको छ ।

संसारमा सबैभन्दा लामो समय जीवित रहेको जियाजिया नामको पोथी पाण्डासँगै ११ मार्च १९९९ मा पार्कमा एनएनलाई ल्याइएको थियो । एनएनलाई चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानबाट ल्याइएको बताइएको छ । सन् २०१६ मा ३८ वर्षको उमेरमा जियाजियाको मृत्यु भएपछि एनएनले एक्लोपन महसुस गर्न थालेको थियो ।

बेलायतले हङहङलाई मुख्यभूमि चीनसमक्ष हस्तान्तरण गरेको अवसर पारेर पाण्डा संरक्षण तथा अनुसन्धान केन्द्रबाट केन्द्र सरकारले हङकङ विशेष प्रशासन क्षेत्रलाई विशाल पाण्डा अध्ययन–अनुसन्धानका निम्ति प्रदान गरेको थियो ।

प्राकृतिक वासस्थानमा पाण्डाको औसत आयु २० वर्षको हुने गरेको छ भने मानव स्याहार पाउँदा थप १० वर्ष बाँच्नसक्ने अध्ययनले देखाएको छ । पर्यावरणीय सन्तुलन एवम् जैविक विविधता कायम गर्न पाण्डा उपयोगी जनावर हुन् ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ४ : ४९ बजे

पर्यटन व्यवसायी वाग्लेको स्मृति ग्रन्थ लोकार्पण

काठमाडौं– पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको प्रथम स्मृतिसभा एवम् स्मृति ग्रन्थ

कैलालीमा धान खरिद गर्न थालियो     

सुदूरपश्चिम– बर्सेनि धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार

खाँदबारी-किमाथाङ्का सडकखण्ड स्तरोन्नति तीव्र

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का

माओवादीसहित आठ दलबीच एकताका लागि १८ बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं- सात वामपन्थी दलहरूबीच एकीकृत पार्टी गठन गर्ने सहमति भएको