गभर्नर अधिकारीकाे राजीनामा माग गर्दै माइतीघरमा कार्टुन प्रदर्शन (तस्बिरहरु) | Khabarhub Khabarhub

गभर्नर अधिकारीकाे राजीनामा माग गर्दै माइतीघरमा कार्टुन प्रदर्शन (तस्बिरहरु)


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आज माइतीघरमा कार्टुन प्रदर्शनसहित विरोध कार्यक्रम आयोजना भएको छ ।

नेपाल विद्यार्थी संघ, माओवादी समर्थित अखिल क्रान्तिकारी र नेकपा एस समर्थित अनेरास्ववियूका विद्यार्थीहरुले संयुक्त रूपमा विरोध प्रदर्शन गर्दै राजीनामा माग गरेका हुन् ।

नेकपा एमालेको अर्थ तथा वाणिज्य विभागमा सदस्य रहेका एम अधिकारी र गभर्नर अधिकारी एकै व्यक्ति भएको भन्दै उनीहरूले राजीनामा मागेका हुन् ।

विरोध प्रदर्शनसँगै आयोजित सभालाई नेविसंघका दुजाङ्ग शेर्पा, क्रान्तिकारीकी पन्चा सिंह र अनेरास्ववियुका सुदेस पराजुलीले सम्बोधन गरेका थिए । प्रदर्शनकारीहरूले गभर्नरको राजीनामा वा बर्खास्तीको माग राख्दै व्यंग्यचित्र समेत प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ५ : ३० बजे

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

वीरगञ्ज– गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन