गाउँपालिकाले करार कर्मचारी हटाएपछि ठाटीकाँधमा एमालेको विरोध « Khabarhub

गाउँपालिकाले करार कर्मचारी हटाएपछि ठाटीकाँधमा एमालेको विरोध


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– दैलेखको ठाटीकाँध गाउँपालिकाले करार कर्मचारी हटाएपछि एमालेले विरोध गरेको छ । नेकपा (एमाले) ठाटीकाँध गाउँपालिका कमिटीले बिहीबार विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो ।

एमालेले ठाटीकाँध गाउँपालिकाले राजनैतिक प्रतिशोधका आधारमा सत्ता र शक्तिको दुरुपयोग गरेको भन्दै आरोप लगाएको छ । गत असार २८ गते ठाटीकाँध गाउँपालिकाले एक सूचना जारी गर्दै विगतको सरकारले स्थानीय तहमा कर्मचारी अभावमा नियुक्ति गरेका कर्मचारीलाई नियमित कार्य सञ्चालन गर्न कठिनाइ भएको भन्दै करारका कर्मचारीलाई हटाएको थियो ।

उक्त विषयलाई लिएर एमाले ठाटीकाँध गाउँपालिका कमिटी अध्यक्ष कुमारविक्रम शाहीले विभिन्न समयमा प्रक्रिया पूरा गरी रिक्त दरबन्दीमा करार सेवामा नियुक्ति प्राप्तका करार कर्मचारीहरूलाई करार सम्झौता सम्बन्धी मापदण्ड २०७८ को नियम विपरित हटाएको भन्दै विरोध जनाए । उनले भने, ‘पालिकाले गरेको कर्मचारीको करार म्याद थप नगर्ने निर्णयप्रति हाम्रो पार्टीले घोर भर्त्सना गर्दछ ।’

यस्तै, एमालेले सङ्घीय सरकार मार्फत पालिकामा लामो समयदेखि अस्थायी दरबन्दीमा नियुक्ति भई विभिन्न विषयगत शाखामा कार्यरत कर्मचारीहरूको कार्यसम्पादन, स्तर, मूल्यांकन तथा थप नयाँ अवधिको लागि राजनीतिक आग्रह र पूर्वाग्रहबाट स्थानीय सरकार सञ्चालन गर्न खोज्नु स्थानीय सरकार र स्थानीय जनताको भावना विपरीतको कार्य भएको ठहर गरेको छ ।

एमालेले गैर–राजनीतिक क्रियाकलापहरू यथाशीघ्र बन्द गर्न स्थानीय सरकार लाई ध्यानाकर्षण समेत गराएको छ । साथै पालिकामा यसअघि कामकाज गरिरहेका करार कर्मचारीहरूलाई काममा निरन्तरता दिन आग्रह गरेको छ ।

यदि पालिकाले कुनै पनि सुनुवाइ नगरेमा र राजनैतिक प्रतिशोधका आधारमा सत्ता र शक्तिको दुरुपयोग गरेमा न्याय र समानताको लागि एमाले ठाटीकाँधले जस्तो सुकै कदम चाल्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ८ : ३१ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल