सिन्हाले दिए नवनिर्वाचित राष्ट्रपति मुर्मूलाई बधाई | Khabarhub Khabarhub

सिन्हाले दिए नवनिर्वाचित राष्ट्रपति मुर्मूलाई बधाई


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय राष्ट्रपतिमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मु विजयी भएकी छिन् ।

भारतमा सोमबार सम्पन्न राष्ट्रपतीय निर्वाचन अन्तर्गत मतगणनाको तेस्रो चरणको मतपरिणाम आएसँगै द्रौपदी विजयी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुर्मुले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी हुन् । तेस्रो चरणको मतगणना सकिँदासम्म मुर्मुले जितका लागि आवश्यक ५० प्रतिशत मत ल्याइसकेको भारतीय समाचार पोर्टल इण्डियन एक्सप्रेसले जनाएको छ ।

यस्तै राष्ट्रपति चुनावमा पराजित भएका विपक्षी उम्मेदवार यशवन्त सिन्हाले हार स्वीकार्दै द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएका छन् ।

पराजित भएलगत्तै ट्वीटरमार्फत उनले बधाई दिएका हुन् । उनले राष्ट्रपतिको रुपमा भारतको संविधानको रक्षकको भूमिका कुशलतापूर्वक निभाउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ९ : ३६ बजे

इरान र इजरायल दुवै पक्षबाट रातभर आक्रमण

काठमाडौं – इरान र इजरायलमा दुवै पक्षबाट आक्रमण जारी छ।

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार १ गते आइतबार। असार

आज २०८२ साल असार १ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १ गते आइतबार। असार

जेन–जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन शिवाकोटीको जोड

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसले