भतिजाद्वारा काकाको हत्या « Khabarhub

भतिजाद्वारा काकाको हत्या


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – जिल्लाको पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भतिजा ४० वर्षीय रामनाथ दासले काका ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या गरेका हुन् ।

बिहीबार खेतमा काम गरेर घरभन्दा २०० मिटर टाढा बगैँचामा बसिरहेका भतिजा रामनाथलाई काका रामबहादुरले घर आउनका लागि बोलाउन जाँदा भतिजा रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालो तत्कालै काकाको टाउकामा प्रहार गरेर हत्या गरेका थिए । रामनाथले काका रामबहादुरको टाउकामा कोदालो प्रहार गर्नासाथ घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले घटनाबारे अबेर साँझ जानकारी पाएर शवको सर्जमिन मुचुल्का गरी परीक्षणका लागि गए राति जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने काका हत्या गर्ने भतिजालाई पनि घरैबाट पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ८ : २७ बजे

अन्तिम समयमा रोकियो भारतीय विदेशसचिव मिश्रीको नेपाल भ्रमण

काठमाडौं- भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण अन्तिम समयमा स्थगित

सुकुम्वासीका बच्चाको दुःख : नगर प्रहरीले ‘कैदीझैँ’ विद्यालय ‌ओसार्छ

काठमाडौं- सुकुम्वासी बस्ती हटाउने सरकारको अभियानअन्तर्गत हालसम्म काठमाडौं उपत्यकाका खोला

इरान घेर्ने अमेरिकी प्रस्तावविरुद्ध भिटो प्रयोग गर्दै चीन र रूस

बेइजिङ- होर्मुज स्ट्रेटमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न अमेरिका संयुक्त

इजरायली आक्रमणमा मारिए लेबनानी सिभिल डिफेन्सका सदस्य

बेरूत- लेबनानको दक्षिणी क्षेत्रमा इजरायली हवाई हमलामा लेबनानी सिभिल डिफेन्सका

होर्मुज स्ट्रेटबाट पहिलो ट्यांकर दक्षिण कोरिया पुग्यो, १० सातादेखि फसेका भारतीय नाभिकको बिलौना

सोल- होर्मुज स्ट्रेट हुँदै गुज्रिएको एक तेल ट्यांकर दक्षिण कोरिया