नेमकिपाको प्रस्ताव : लिखित अन्तर्वार्ता पछि मात्रै नागरिकता | Khabarhub Khabarhub

नेमकिपाको प्रस्ताव : लिखित अन्तर्वार्ता पछि मात्रै नागरिकता


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीले नेपालमा जन्मेका आधारमा नागरिकता दिनु अघि अन्तर्वार्ता लिनु पर्ने प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीका तर्फबाट सांसद प्रेम सुवालले नेपालको भाषा संस्कृति जानेको हुनुपर्ने भन्दै अन्तर्वार्ता पछि मात्रै जन्मको आधारमा नागरिकता दिनु पर्ने प्रस्ताव गरेका छन् ।

‘नेपालमा जन्मेर मात्रै हुँदैन, नेपाली भाषा, कला संस्कृति पनि बुझेको हुनुपर्छ, उसले देश प्रति बफादार रहेको लिखित गर्नुपर्छ,’ सुवालले बैठकमा भने, ‘अमेरिकामा ३ वर्ष पछि र बेलायतमा ६ वर्ष पछि मात्रै नागरिकता पाउने प्रावधान छ भने नेपालमा २० वर्ष बसेकाले मात्रै नागरिकता दिने व्यवस्था गर्नुपर्छ, त्यसका लागि लिखित अन्तर्वार्ता दिनुपर्छ ।’

जारी बैठकमा सरकारले पेस गरेको नागरिकता विधेयकका बारेमा छलफल जारी छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  २ : २२ बजे

माबिलुङ्ग इनर्जीको आइपीओ आउने 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आइपीओ) निष्काशन

गण्डकीको बजेट कृषिमा २ अर्ब ८ करोड

पोखरा– गण्डकी प्रदेश सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि

ब्रिफकेस छाडेर कपडाको झोलामा बजेट 

पोखरा– गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले प्रदेश

स्वास्थ्यकर्मी बीमा गराउँदै रुरुक्षेत्र गाउँपालिका, लगानी कोषसँग सम्झौता

काठमाडौँ – नागरिक लगानी कोष र लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको

इरान र इजरायलमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र

काठमाडौं- सरकारले इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको