आगामी निर्वाचन माओवादी बलियो पार्टीको रूपमा स्थापित हुन्छ : प्रचण्ड « Khabarhub

आगामी निर्वाचन माओवादी बलियो पार्टीको रूपमा स्थापित हुन्छ : प्रचण्ड


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी बलियो पार्टीको रूपमा स्थापित हुने दाबी गरेका छन्।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले पछिल्लो समय माओवादी नयाँ उत्साहका साथ अघि बढिरहेको भन्दै आगामी निर्वाचन बलियो पार्टीको रूपमा स्थापित हुने दाबी गरेका हुन्।

उनले माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने समेत बताए। प्रचण्डले माओवादी क्रान्ति मधेसबाटै सुरु भएको र अहिले मधेसमा माओवादीप्रतिको उत्साह पनि बढ्दै गएको तर्क गरे। उनले माओवादीमा प्रवेश गर्नेलाई आवश्यक जिम्मेवारी दिने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरू टेकबहादुर शाक्य र वीरेन्द्र प्रसाद यादव लगायत विभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई प्रचण्डले पार्टी प्रवेश गराएका थिए।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ६ : ४७ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर