के ‘ए-लेभल’ पढेर विदेशमा अध्ययन गर्न जान सहज छ ? यस्तो हुन्छ प्रकिया « Khabarhub

के ‘ए-लेभल’ पढेर विदेशमा अध्ययन गर्न जान सहज छ ? यस्तो हुन्छ प्रकिया


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

–राजाराम मल्ल

“सर ! म ‘ब्याचलर’ पढ्न विदेश जाने हो। त्यसैले, म ए-लेभल पढ्न चाहन्छु ।”

धेरै जसो एसईई सकेर ए-लेभल पढ्न खोज्ने विद्यार्थीहरुको भनाइ हो यो । तर, ए-लेभल पढ्दैमा ‘अब्रोड स्टडिज्’को लागि विदेश जान पाइन्छ भन्ने कुरा कत्तिको सत्य हो त? यो कुरो कुनै पनि ए-लेभल पढ्न खोज्ने विद्यार्थीले बुझ्नु जरुरी छ ।

नेपाल सरकारबाट नेपाली बोर्ड (एचएसईबी) को +२ को समकक्षता पाएको अन्तर्राष्ट्रिय कोर्सको रुपमा ए-लेभल रहेको छ ।

अन्तर्राष्ट्रिय जगतमा ए-लेभलका बोर्डहरु धेरै भए पनि, नेपालमा चलेको ए-लेभल भने युनिभर्सिटी अफ् क्यामब्रिज अन्तर्गतको क्यामब्रिज असेस्मेन्ट इन्टरनेस्नल एज्युकेशन (सीएआईई) बोर्डसँग सम्बन्धित छ ।

उक्त बोर्डसँग सम्बद्ध भएर हाल काठमाडौँभित्र र बाहिर गरी ब्रिटिस काउन्सिल पार्टनरसहित वा इन्डेपेन्डेन्ट सेन्टरको रुपमा २० भन्दा बढी स्कूल/कलेज सञ्चालित छन् । यी स्कूल/कलेजले सीएआईई बोर्डले निर्धारण गरेको ‘सिलेबस’, ‘स्किम अफ् वर्क’ आदि अनुरुप ए-लेभल सञ्चालन गर्ने गर्दछ ।

यी स्कूल/कलेजको ए-लेभलको परीक्षा सम्पादन तथा आवश्यक सूचना सञ्चार गर्न नेपालको ब्रिटिश काउन्सिलले सीएआईईलाई सहयोग गर्ने गर्दछ ।

ए-लेभल अन्तर्राष्ट्रिय शिक्षा भएकाले यसको सर्टिफिकेट पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । अमेरिका, अस्ट्रेलिया, क्यानाडा, यूरोपियन मुलूक लगायत ८१ देशहरुले क्यामब्रिज सर्टिफिकेटलाई मान्यता दिएको छ ।

नेपालको प्रसङ्गमा, ए-लेभल उतिर्ण भएको सर्टिफिकेटबाट नेपालको +२ समकक्ष (इक़ुइभलेन्सी ) सर्टिफिकेट नेपाल सरकारले (सानोठिमीबाट) सजिलै प्रदान गर्दछ । ए-लेभलमा कुनै पनि ३ वटा ए-लेभल विषयहरु उतिर्ण गरेको सर्टिफिकेट हेरेर शिक्षा मन्त्रालयले (केशरमहलबाट) एनओसी सजिलै प्रदान गर्दछ, जुन ‘अब्रोड स्टडिज्’ गर्नका लागि अनिवार्य छ ।

त्यसो त नेपालकै +२ पास सर्टिफिकेट लिएर, विदेशी समकक्षता लिई, एनओसी बनाएर पनि ‘अब्रोड स्टडिज्’ गर्न जान सकिन्छ । विदेशमा अध्ययन गर्न जानका लागि ए-लेभल पढनै पर्छ भन्ने छैन । अझै, ए-लेभल पढेपछि पनि युनिभर्सिटीको माग अनुसार आईईएलटीएस, एसएटी आदिको स्कोर जरुरी हुन्छ ।

तर एउटा फरक पक्ष चाहिँ के हो भने ए-लेभल अन्तर्राष्ट्रिय पाठयक्रम हो । यसको सर्टिफिकेट मात्र अन्तर्राष्ट्रिय होइन । यसलाई पढने-पढाउने पद्धति पनि अन्तर्राष्ट्रिय नै हुन्छ । कुनै विद्यार्थीले ए-लेभल पढेपछि घोकन्ते र रट्टा मार्ने बानी छोड्नुपर्छ । आफ्नो बुझाइलाई तिखार्नुपर्छ । कन्सेप्चुअल अन्डरस्ट्यान्डिङ, विश्लेषण र मूल्यांकनमा थप मेहनत गर्नुपर्छ ।

ए लेभलको चुनौती भनेको ‘प्रश्न र केश स्टडी’ हो । जुन दिइएको सिलेबस भित्र रहेर जे पनि हुन सक्छ । विद्यार्थीले आफ्नो बुझाइ अनुसार त्यसलाई समाधान गर्न सक्नुपर्छ । कुनै पनि दिइएको परिस्थितिमा के र किन गर्नु ठीक हुन्छ भनी समाधान पत्ता लगाउन सक्ने क्षमता विकास गर्नुपर्छ ।

यस्तो क्षमता विद्यार्थीको आफ्नो भविष्य सफल पार्न अनिवार्य पनि हुन्छ । वास्तवमा, यस्तो समाधान गर्ने क्षमताको विकास अन्तर्राष्ट्रिय पठन पद्दतिको ‘बेसलाइन’ हो । त्यसैले ए-लेभल पढ्दा विद्यार्थीको अन्तर्राष्ट्रिय पठन पद्दतिको विकास भैसकेको हुन्छ । अतः विद्यार्थीलाई ‘अब्रोड स्टडिज्’ सहज हुन्छ ।

(लेखक राजाराम मल्ल विगत १५ वर्षदेखि ए-लेभल शिक्षामा आबद्ध छन् । हाल उनी ‘रुपीज् इन्टरनेसनल स्कूल ए-लेभल’का ‘एसोसिएट डिरेक्टर’को रुपमा कार्यरत छन् ।)

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ६ : ५४ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी