प्रधानसेनापति शर्मा शनिबार अष्ट्रेलिया जादैँ « Khabarhub

प्रधानसेनापति शर्मा शनिबार अष्ट्रेलिया जादैँ


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा इन्डो प्यासफिक कमान्डद्वारा आयोजित विभिन्न मुलुकका सैनिक प्रमुखहरूको एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन शनिबार अष्ट्रेलिया जाने भएका छन् । अष्ट्रेलिया प्रस्थान गर्नुपूर्व प्रधानसेनापति शर्मालाई सैनिक मुख्यालयमा आज नेपाली सेनाको एक टुकडीद्वारा सम्मान गारत अर्पण गरिएको थियो ।

एसिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखको उपस्थितिमा हुने सम्मेलनमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षलाई समेटी विविध सुरक्षाका विषयमा छलफल हुनेछ । उक्त सम्मेलन साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा हुन लागेको हो । सम्मेलनमा विसं २०५६ देखि नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ ।

सहभागी राष्ट्रका सेना प्रमुखबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुनेछन् ।

यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्भावमा थप विस्तार हुन गई सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ८ : १८ बजे

जुम्लामा नौ महिनामा २९ प्रतिशत मात्रै पुँजीगत खर्च, विकास आयोजनाको प्रगति कमजोर

जुम्ला– चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनामा जुम्लामा पुँजीगत

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम

सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने देउवा पक्षका नेताहरुको निष्कर्ष

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरुले सर्वोच्च अदालतको

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन

पर्वत– पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी गरेर

भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेकोे पूर्वपदाधिकारीहरुको