सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउन नागरिक सचेत हुनुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना « Khabarhub

सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउन नागरिक सचेत हुनुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि नागरिक सचेत हुनुपर्ने बताएका छन् ।

उनले सङ्घीयता कार्यान्वयनका लागि नै राष्ट्रियसभाले १५ बुँदे सङ्कल्प प्रस्ताव पारित गरी सरकारलाई बुझाएको समेत जानकारी गराए ।

सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा आज बुटवलमा आयोजित सङ्घीय शासन प्रणाली सबलिकरण विषयक छलफल कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संविधानले प्रदान गरेको अधिकारलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताए ।

उनले राजनीतिक परिवर्तनलाई सही ढङ्गले अगाडि बढाउनका लागि राजनीतिक दलले आगामी दिनमा थप समीक्षा गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाली जनताको बलिदानी र त्यागबाट सङ्घीय राज्यव्यवस्था स्थापित भएको बताउँदै यस व्यवस्था विरुद्ध हुने घेराबन्दीको विरोध गर्न अपिल गरे ।

उनले सङ्घीयतालाई बलियो बनाएमा देश समृद्ध हुने बताउँदै सङ्घीयता विरोधीले गरिरहेको हल्लालाई गलत सावित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती मगरले संविधानले प्रदान गरेको अधिकारलाई सहीढङ्गले कार्यान्वयन गरेमा सङ्घीयता संस्थागत हुने बताए ।

सभामुख घर्तीले व्यवस्था विरुद्धमा आउने आवाजलाई सबै मिलेर आम जनतामा पुर्‍याउनुपर्ने बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ८ : ३२ बजे

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ