१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, चार युवक पक्राउ « Khabarhub

१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, चार युवक पक्राउ


७ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा । एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा प्रहरीले स्याङ्जामा ४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घटनामा संलग्न तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का प्रशान्त थापा, सोही ठाउँका विजय श्रेष्ठ, अञ्जन श्रेष्ठ र सिन्धुली पिपलमाडी गाउँपालिका–३ घर भई सोही ठाउँ बस्ने विक्रमलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार घटनाका मुख्य अभियुक्त प्रशान्त थापा हुन्। उनकै योजनामा स्थानीय ती किशोरीलाई यही माघ १ गते राति तनहुँको सिमानामा पर्ने स्याङ्जाको विरुवा गाउँपालिका–५ स्थित छेउडाँडा भन्ने स्थानमा बोलाएर सामूहिक बलात्कार गरिएको हो।

अभियुक्त थापाले फोन सम्पर्क गरी विभिन्न प्रलोभन देखाएर ती किशोरीलाई उक्त स्थानमा बोलाएका थिए। त्यसपछि ती किशोरीलाई करकापमा पारेर एवं डरत्रास देखाएर थापासहित चार जनाले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ।

घटनापछि फरार उनीहरूलाई स्याङ्जाका विभिन्न स्थानबाट पक्राउ गरिएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। साथै उनीहरूले प्रयोग गरेको ग ४ प ४३९५ र ग ४ प ७९०७ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  २ : ५५ बजे

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न