श्रीलंकामा सरकारविरोधी प्रदर्शनकारीको शिविरमा सेनाको छापा « Khabarhub

श्रीलंकामा सरकारविरोधी प्रदर्शनकारीको शिविरमा सेनाको छापा


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलंकामा सुरक्षा बलहरूले राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका छन् । सयौँ सेना र प्रहरी कोलम्बोमा राष्ट्रपति कार्यालयबाहिर बसेका प्रदर्शनकारीहरूमाथि जाइलागेका हुन् ।

दुई घाइतेसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने विशेष अभियान’ भनेको छ । प्रहरी कारबाहीमा एक सञ्चारकर्मी पनि घाइते भएका छन् ।

पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे गत साता देश छाडेपछि रनिल विक्रमासिंघेले बिहीबार राष्ट्रपति पदको सपथ लिएका थिए। ६ पटक प्रधानमन्त्री भइसकेका विक्रमासिंघे जनतामाझ अलोकप्रिय व्यक्तिको रूपमा हेरिन्छन् । उनले प्रदर्शनकारीविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

विक्रमासिंघेले बिहीबार राष्ट्रपतिको सपथ लिएपछि विरोध प्रदर्शन मत्थर भएको छ । राष्ट्रपतिलाइ देशलाई आर्थिक संकटबाट बाहिर निकाल्ने मौका दिने प्रदर्शनकारीले बताएका छन् ।

यसैबीच, राजापाक्षेका वफादार तथा वरिष्ठ राजनीतिज्ञ दिनेश गुणवर्द्धनाले प्रधानमन्त्रीको सपथ लिएका छन् । विक्रमासिंघेको पुरानो जुत्तामा पाइला राख्दै नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिए ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ८ : ०९ बजे

जुम्लामा नौ महिनामा २९ प्रतिशत मात्रै पुँजीगत खर्च, विकास आयोजनाको प्रगति कमजोर

जुम्ला– चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनामा जुम्लामा पुँजीगत

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम

सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने देउवा पक्षका नेताहरुको निष्कर्ष

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरुले सर्वोच्च अदालतको

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन

पर्वत– पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी गरेर

भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेकोे पूर्वपदाधिकारीहरुको