साफ च्याम्पियनसिप : भारत पुग्यो नेपाली टोली « Khabarhub

साफ च्याम्पियनसिप : भारत पुग्यो नेपाली टोली


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा आगामी साता सुरु हुने यू-२० साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाली युवा टोली भारतको भूवनेश्वर पुगेको छ ।

नेपाल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबारको बिदाइ गरेको थियो । एन्फाले प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिममा प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान छन् ।

भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडियममा प्रतियोगिता २५ जुलाईमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा २५ जुलाईमा माल्दिभ्ससँग खेल्नेछ ।

दोस्रो खेल २७ जुलाईमा श्रीलंका र तेस्रो खेलमा ३१ मा जुलाई भारतसँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले २ अगस्टमा बंगलादेशसँग खेल्नेछ । शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यू-२० टिमः
गोलकिपरः ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख
रक्षकः अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा
मिडफिल्डरः आयुश घलान (कप्तान),दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी,
स्ट्राइकरः रोहित सुब्बा निरञ्जन मल्ल, रोहन खड्गी

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ९ : ३६ बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने