प्रेस युनियनको नयाँ नेतृत्वका लागि मतदान आज « Khabarhub

प्रेस युनियनको नयाँ नेतृत्वका लागि मतदान आज


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ अधिवेशन हेटौँडामा जारी छ।

अधिवेशनको दोस्रो दिन आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। बिहान ११ बजे मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ।

एक हजार ६३० जना मतदाता रहेको युनियनको चुनावका लागि दिउँसो ४ बजेसम्म मतदान गर्न सकिनेछ। मतदानसकिए लगत्तै मतगणना सुरु गर्ने निर्वाचन तालिका छ।

नयाँ नेतृत्वका लागि पार्टीको संस्थापन र इतर निटका पत्रकारको दुई वटा प्यानल छन्। संस्थापन पक्षको तर्फबाट अध्यक्षमा अनिता विन्दु र इतर पक्षबाट शिव लम्साल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।

हालसम्म एक उपाध्यक्ष र तीन जना सचिवसहित २० जनाभन्दाबढी केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका बताइएको छ।

समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा, थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ९ : ५८ बजे

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई