जनप्रतिनिधीको उदाहरणीय काम : सवारी बजेटले दमकल खरीद | Khabarhub Khabarhub

जनप्रतिनिधीको उदाहरणीय काम : सवारी बजेटले दमकल खरीद


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा चालू आर्थिक वर्षमा जनप्रतिनिधिलाई सवारीसाधन खरीदका लागि छुट्याइएको बजेटबाट दमकल खरीद गरिएको छ । गत वर्ष पुसमा सम्पन्न नपा कार्यापालिका बैठकले उक्त निर्णय गरेको थियो ।

कार्यालयको गाडी तथा वडाध्यक्षलाई मोटरसाइकलका खरीदका लागि छुट्याइएको बजेटले दमकल खरीद गरिएको नपाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षमा सवारी खरीदका लागि विनियोजित ७५ लाख रकममध्ये बोलपत्रमार्फत ५० लाख ५० हजारमा दमकल खरीद गरिएको हो ।

नगरप्रमुख महेश खरेलले कार्यपालिकाले चालू आवमा गाडी तथा मोटरसाइकलको बजेटले दमकल खरीद गर्ने निर्णय गरेको बताए । उनले भने, ‘हामीले नगरको आवश्यकतालाई पहिलो प्राथमिकता दियौ ।’ नगरको चालू आर्थिक वर्षमा २१ लाख ७५ हजार वडाध्यक्षलाई मोटरसाइकल खरीद गर्न छुट्याइएको थियो ।

कार्यपालिकाले नगरको आवश्यकतालाई प्राथमिकता दिएर मोटरसाइकलको बजेट दमकल खरीद गर्ने निर्णयप्रति सबै वडाध्यक्ष सहमत भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकालले बताए । उनले भने, ‘यसअघि पाँचखाल क्षेत्रमा आगलागी हुँदा निकै समस्या झेल्दै आइएको थियो ।’ अघिल्लो आवमा नगरप्रमुखलाई गाडी खरीद गर्न छुट्याइएको ४५ लाख पनि तीन वडाका बासिन्दाका लागि खानेपानी व्यवस्थापनमा खर्चिएको थियो ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  १० : २४ बजे

आजका समाचार : सरकारलाई घेर्न प्रचण्डले जुटाए प्रतिपक्षी, संसद्मा पनि असन्तुष्टि र हिरोशिमामा बम खसालेको ८० वर्ष पुग्यो

भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोडप्रधानमन्त्री केपी शर्मा ओलीले

बीउ अपुगले धान रोपाइँ प्रभावित, महोत्तरीमा रोपाइँ ४९ प्रतिशत

महोत्तरी– लामो खडेरीले यसवर्ष महोत्तरीको धान रोपाइँ प्रभावित भएको छ

कर्णालीको समग्र गुरुयोजना आवश्यक : उपसभापति खड्का

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समग्र गुरुयोजना आवश्यक

अमेरिकासँग तनावबीच चीन भ्रमणमा जाँदै भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली — भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गलवान उपत्यकामा भारत–चीनबीचको सैन्य

प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा प्रदर्शन

राजविराज– प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष