प्रतिनिधिसभाको बैठक बस्दै, कारागार विधेयक पारित गरिने « Khabarhub

प्रतिनिधिसभाको बैठक बस्दै, कारागार विधेयक पारित गरिने


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक सुरु हुनेछ । संसद् सचिवालयले आजको बैठकमा पेश गरिने तीन वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

बैठकमा ‘कारागार विधेयक, २०७८ पारित गर्ने कार्यसूची छ । त्यसअघि गृहमन्त्री बालकृष्ण खाँणले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधयेक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गर्ने सम्भावित कार्यसूची छ ।

हेर्नुहोस् के-के छ ?

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ७ : १३ बजे

वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब नाघ्यो

काठमाडौं– भन्सार विभागले चालू आर्थिक वर्ष २०८३-८४ को पहिलो महिना

इबोला प्रकोपबीच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो

किन्शासा- इबोलाको प्रकोप तीव्र रूपमा फैलिरहेका बेला डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो

मधेस सरकारद्वारा प्रदेश नीति तथा योजना आयोगको ओएण्डएम सर्वेक्षण स्वीकृत

जनकपुरधाम- मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको संगठन तथा

युक्रेनमा रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

युक्रेन- युक्रेनमा रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं – सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक पाँच हजारले वृद्धि गर्ने