इतिहासमा आज : अमेरिकाका आठौँ राष्ट्रपतिको निधनदेखि सोभियत सहर कब्जासम्म « Khabarhub

इतिहासमा आज : अमेरिकाका आठौँ राष्ट्रपतिको निधनदेखि सोभियत सहर कब्जासम्म


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन ८ गते आइतबार । सन् २०२२ को जुलाई २४ तारिख । यस्ता छन् विश्व इतिहासमा आजका दिन भएका केही महत्वपूर्ण घटनाक्रम :

सन् २०१३ जुलाई २४ मा स्पेनको राजधानी म्याड्रिडबाट फेररोल जाँदै गरेको तीव्र गतिको ट्रेन एक मोडमा पटरीबाट झर्दा ७९ मानिसको मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए ।

सन् १९७४ जुलाई २४ मा सर्वोच्च अदालतले राष्ट्रपति रिचार्ड निक्सनले वाटरगेट टेपहरु हस्तान्तरण गर्नुपर्ने फैसला सुनाएको थियो ।

सन् १९५० जुलाई २४ मा संयुक्त राज्य अमेरिका पाँचौँ वायु सेना जापानबाट कोरियामा स्थानान्तरण भएका थिए ।

सन् १९४२ जुलाई २४ मा दोस्रो विश्वयुद्धका समयमा जर्मन सेनाले सोभियत संघको रोस्तोभको सोभियत सहर कब्जा गरेका थिए ।

सन् १९२३ जुलाई २४ मा टर्की र प्रथम विश्वयुद्धका साझेदार शक्तिहरु गठन गर्ने देशहरुबीच लुजान सन्धिमा हस्ताक्षर भएको थियो । सन्धिअन्तर्गत टर्कीले ओटोमन साम्राज्यको सबै भौगोलिक दाबीहरू त्याग्न र नयाँ सिमानाहरूमा सहमत हुनुपर्ने व्यवस्था थियो ।

सन् १८९७ जुलाई २४  मा मोन्टानाको मिसौलाबाट निस्केको २५औँ इन्फेन्ट्रि बाइसाइकल कोर्पस्का अफ्रिकन–अमेरिकन सेना मिसौरीको सेन्ट लुइस पुगेको थियो । सेनाले ४० दिनको बाइक यात्रा सकाएर सेन्ट लुइस पुगेको थियो ।

सन् १८६२ जुलाई २४ मा संयुक्त राज्य अमेरिकाका आठौँ राष्ट्रपति मार्टिन भ्यान बुरेनको ७९ वर्षको उमेरमा निधन भएको थियो ।

सन् १८४८ जुलाई २४ मा लेटर डे सेन्ट्स मोर्मन्सको चर्च अफ जीसस क्राइस्टका पहिलो सदस्यहरु वर्तमान साल्ट लेक सिटीमा बसोबास गर्दै यूटा पुगेका थिए ।

सन् १७९१ जुलाई २४ मा रोब्सपियरले फ्रान्सेली क्रान्तिको सिद्धान्तको विरोध गर्ने सबै ज्याकोपबनहरुलाई निष्कासन गरे।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ८ : ०६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन