पाकिस्तानमा सेल्फी खिच्ने क्रममा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा सेल्फी खिच्ने क्रममा दुई जनाको मृत्यु


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको खैबर पख्तुनख्वामा सेल्फी खिच्ने क्रममा दुई जनाको मृत्यु भएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार खैबर पख्तुनख्वाको स्वात जिल्लामा सेल्फी खिच्ने क्रममा भीरबाट खसेर दुई युवकको मृत्यु भएको हो ।

घुमफिरको क्रममा स्वातको अलिदाद जहाँगिर गाउँमा अवस्थित रमणीय झरनामा पुगेका तीन जना युवकमध्ये २७ वर्षीय सनाउल्लाह झरना नजिकैको भीरमा उभिएर सेल्फी खिचिरहेका बेला चिप्लिएर लडेको जनाइएको छ ।

साथै उनका २२ वर्षीय साथी अदनानले उनलाई बचाउन खोज्दा उनी पनि चिप्लिएर पोखरीमा बजारिएका थिए । दुबैजनाको घटनास्थलमा मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै पाकिस्तानी समाचारपत्र डनले जनाएको छ ।

उनीहरू दुई सय फिटको उचाइबाट खसेका थिए । दुर्घटनाका प्रत्यक्षदर्शी उमरले नजिकैको गाउँमा पुगेर घटनाबारे स्थानीयलाई जानकारी दिएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ४ : २२ बजे

दाङको शान्तिनगर गाउँपालिकाले विद्युत महसुल तिरिदिने

दाङ– दाङको शान्तिनगर गाउँपालिकाले पालिकाबासीको विद्युत् महसुल तिरिदिने भएको छ

क्लब विश्वकप : म्युनिखलाई हराउँदै बेनफिका दोस्रो चरणमा

काठमाडौं – बेनफिकाले वायरन म्युनिखलाई १-० ले हराउँदै फिफा क्लब

एक सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती

तनहुँ– तनहुँको भिमाद नगरपालिका– ९ को भानुमति जौपानीको एक सय

‘समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्न मिल्दैन’

काठमाडौं– समाजवादी प्रेस सङ्गठन नेपालले समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो