शिखहरुको धार्मिक स्थल संरक्षण नगरेको भन्दै पाकिस्तानको आलोचना बढ्यो | Khabarhub Khabarhub

शिखहरुको धार्मिक स्थल संरक्षण नगरेको भन्दै पाकिस्तानको आलोचना बढ्यो


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानले शिख धार्मिक अल्पसङ्ख्यकहरुको धार्मिक स्थल गुरुद्वाराको संरक्षण गर्न नसकेको भन्दै आलोचना बढ्न थालेको छ ।

हालै सार्वजनिक एक मिडिया रिपोर्टमा पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय समुदायलाई देखाउनका लागि केही महत्वपूर्ण गुरुद्वाराको मात्र संरक्षण गर्ने गरेको तर संरक्षणको अभावमा अरु सयौँ गुरुद्वारा एवम् ऐसिहासिक महत्वका धरोहरहरुको अवस्था भने जीर्ण बन्दै गएको उल्लेख छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार पाकिस्तानका गुरुद्वाराहरुको संरक्षणमात्रै हुन सकेको छैन कतिपय अवस्थामा यस्ता गुरुद्वाराहरु पाकिस्तानी सुरक्षा बलको कब्जामा समेत पर्ने गरेका छन् ।

इस्लाम खबरका अनुसार सन् १८७६ मा बाबा खेमसिंह बेदीले रावलपिण्डी सहरको राजा बजारमा रहेको श्री दमदमा शाहिब गुरुद्वारा पनि यस्तै अपहेलनाको शिकार भएको छ ।

शिखहरुको यस पवित्रस्थल हाल बधशाला र मासुपलसका रुपमा प्रयोग हुँदै आएको छ । यस गुरुद्वारामा यात्रीहरुको बन्दोबस्तीका लागि ‘सराइ’ भनिने स्थानको समेत व्यवस्था रहेको बताइएको छ ।

यस गुरुद्वाराको सराइमा ७०–७५ कोठाहरु छन् । यो हाल स्थानीय पसल सञ्चालकको कब्जामा रहेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ७ : ३६ बजे

पदाधिकारीलाई संघर्षरत नर्सहरुको प्रश्न- सहमतिको अधिकार कसले दियो ?

काठमाडौं- निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्स तथा

मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक, चैले सडक मर्मत हुँदै

मुस्ताङ– बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका

बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

धरान– यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले

प्रदेशसभा सदस्यलाई प्रश्न- जेन–जी आन्दोलनपछि प्रदेश सरकार किन ओइलायो ?

गण्डकी प्रदेशभर ८० वटा सरकारी र ६३ वटा निजी गरी

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

दशरथचन्द– बैतडीका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ