चीनले चार वटा महामारीबारे विश्वलाई सूचित नगराएको खुलासा « Khabarhub

चीनले चार वटा महामारीबारे विश्वलाई सूचित नगराएको खुलासा


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले आफ्नो मुलुकमा देखा परेका महामारीहरु सार्वजनिक नगरेको र चार वटा महामारी विश्वभर फैलाउन मद्दत गरेको खुलासा भएको छ ।

अमेरिकाको न्युयोर्क सहरबाट प्रकाशित हुने न्युयोर्क पोस्टका अनुसार सन् १९५७ मा सिंगापुर र हङकङमा एसियन फ्लू नामक महामारी देखा परेको थियो । यो चाँडै नै विश्वभर फैलिएको थियो ।

यस महामारीको सिर्जना गर्न चीनले कुनै भूमिका नखेलेपनि विश्वभर फैलाउन भने सहयोग पु¥याएको न्युयोर्क पोस्टले उल्लेख गरेको छ । यो रोग सुरुमा चीनको गुइजोउ प्रान्तमा सन् १९५७ को सुरुवातमा देखा परेको थियो ।

यद्यपि चिनियाँ अधिकारीले यस महामारीका कारण दशौँ हजारको मृत्यु भएपनि यसलाई सार्वजनिक नगरेको उक्त अखबारले जनाएको छ ।

त्यसैगरी सन् १९६८ मा हङकङमा हङकङ फ्लू नामक प्रकोप देखिएको थियो । अधिकारीहरुलाई यो रोग चीनमा पनि फैलिरहेको थाहा भएपनि यसबारे कसैलाई जानकारी गराएनन् ।

त्यस्तै, सन् २००२ मा सार्स र हालैको समयमा कोरोना भाइरसबारे विश्वलाई समयमा नै सूचित नगराएर चीनले यसलाई विश्वभर फैलाउन मद्दत गरेको न्युयोर्क पोस्टमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १ : ४६ बजे

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको