आतंकवादको जोखिम बढेको भन्दै भारतद्वारा साना हतियारको अवैध व्यापार नियन्त्रण गर्न आह्वान | Khabarhub Khabarhub

आतंकवादको जोखिम बढेको भन्दै भारतद्वारा साना हतियारको अवैध व्यापार नियन्त्रण गर्न आह्वान


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आतंकवादको जोखिम बढेको भन्दै भारतले साना हतियारको अवैध व्यापार नियन्त्रण गर्न आह्वान गरेको छ ।

हालै अमेरिकाको न्युयोर्क शहरमा आयोजित साना हतियारको रोकथाम नियन्त्रण एवम् निर्मूलनका लागि आयोजित सम्मेलनमा भारतले यस्तो आह्वान गरेको हो ।

यसका लागि संयुक्त राष्ट्रसंघले अघि सारेको कार्ययोजनाको पालनाका लागि भारतले जोड दिएको छ ।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार भारतले यस्तो कार्ययोजनाको पालनाका लागि अन्तर्राष्ट्रिय सहकार्य र सहयोगको आवश्यकता रहेकोमा जोड दिएको छ ।

भारतले साना हतियारको अवैध व्यापार नियन्त्रणका लागि संयन्त्रको विकास गर्नुपर्ने आवश्यकता औँल्याएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १० : ५४ बजे

‘माओवाद’ त्यागेका प्रचण्ड फर्किए नेकपाकालकै ‘मार्क्सवाद-लेनिनवाद’मा

काठमाडौं- नेकपा माओवादी केन्द्रका संयोजक/अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तत: माओवादसम्बन्धी

पर्यटन व्यवसायी वाग्लेको स्मृति ग्रन्थ लोकार्पण

काठमाडौं– पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको प्रथम स्मृतिसभा एवम् स्मृति ग्रन्थ

कैलालीमा धान खरिद गर्न थालियो     

सुदूरपश्चिम– बर्सेनि धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार

खाँदबारी-किमाथाङ्का सडकखण्ड स्तरोन्नति तीव्र

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का

माओवादीसहित आठ दलबीच एकताका लागि १८ बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं- सात वामपन्थी दलहरूबीच एकीकृत पार्टी गठन गर्ने सहमति भएको