पाल्पा, सुनसरी र भक्तपुरका घटनाका घाइतेको उपचारबारे गृहमन्त्री खाणको चासो « Khabarhub

पाल्पा, सुनसरी र भक्तपुरका घटनाका घाइतेको उपचारबारे गृहमन्त्री खाणको चासो


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले पाल्पाको रिब्दीकोटमा भएको बस दुर्घटना तथा सुनसरी र भक्तपुरमा रुख ढल्दा च्यापिएर घाइते भएकाको उपचारबारे चासो व्यक्त गरेका छन्।

गृहमन्त्री खाणले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई टेलिफोन गरी ती दुर्घटनामा घाइते भएकाको उपचार प्रभावकारी बनाउन निर्देशन दिएका छन् । गृहमन्त्री खाणले अस्पताल पु¥याउन थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउन समेत निर्देशन दिए ।

गुल्मीको मजुवाबाट बुटवल आउँदै गरेको बस दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको र १७ जना घाइते भएका जनाइएको छ ।

यता सुनसरीका कोशी टप्पु वन्यजन्तु आरक्षभित्र रुख ढलेर स्कुटर च्याप्दा एक जनाको मुत्यु र एक जना घाइते भएको घटनाबारे पनि गृहमन्त्री खाणले जानकारी लिएका छन् ।

त्यस्तै भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा भएका घाइतेको यथाशीघ्र उपचारको व्यवस्था गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । उक्त घटनामा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएका जनाइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ९ : ०४ बजे

पारा पौडीको सपना : पदक जित्ने लक्ष्यमा नेपाली खेलाडी (तस्बिरहरू)

काठमाडौँ– पौडी खेल्न पानी चाहिन्छ, तर पारा पौडी खेलाडीका लागि

बालेन र रवि सत्तामा पुगेपछि भ्रमको पर्दा उघ्रियो: शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वालेन्द्र शाह र

नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा टोलीको प्रदर्शन

भोजपुरको फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद