बलिदानबाट प्राप्त सङ्घीयतालाई थप मजबुत बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

बलिदानबाट प्राप्त सङ्घीयतालाई थप मजबुत बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सङ्घीयताविरुद्ध अनावश्यक टीकाटिप्पणी नगर्न प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन् । प्रदेश विनाको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको परिकल्पना गर्न नसकिने उल्लेख गर्दै उनले प्रदेशसभा ससदहरुलाई बलिदानीपूर्ण आन्दोलनले ल्याएको सङ्घीयताको विरोध नगर्न अनुरोध गरे ।

विभिन्न समयमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा उनीहरुलाई सङ्घीयता बलियो बनाउन सहयोग गर्न सुझाए । प्रदेशसभा सदस्यहरुबाट नै प्रदेश खारेजीको माग उठेकामा उनले आपत्ति समेत जनाएका छन् ।

‘सबैको त्याग र बलिदानबाट प्राप्त सङ्घीयतालाई थप मजबुत बनाउनुपर्छ’, उनले भने। गठबन्धन सरकार देशको स्वाधीनता र अस्तित्व रक्षा गर्न सदैव तयार भएको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे ।

यसैगरी आज बसेको प्रदेशसभा बैठकमा दफावार छलफलका लागि चार विधेयक पेस गरिएका छन् । मुख्यमन्त्री पाण्डेले पेस गरेका प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि प्रदेश मामिला समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले पेस गरेको प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पेस गरेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ९ : ३६ बजे

गैरन्यायिक खोला र सडक मापदण्ड पीडितले पौष १७ गते प्रदर्शन गर्ने

काठमाडौं– गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले पौष

प्रभावकारी बन्दै ‘श्रम साकेला अभियान’

खोटाङ – साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तर्गत

पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्या भण्डारीबीच भेटवार्ता

काठमाडौं– पूर्व राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच  भेटवार्ता

तस्बिरमा हेर्नुहोस्, गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’

काठमाडौं–  गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

स्वास्थ्य सामग्रीको विवरण उपलब्ध गराउन औषधि व्यवस्था विभागको आग्रह

काठमाडौँ– नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था