बलिदानबाट प्राप्त सङ्घीयतालाई थप मजबुत बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

बलिदानबाट प्राप्त सङ्घीयतालाई थप मजबुत बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सङ्घीयताविरुद्ध अनावश्यक टीकाटिप्पणी नगर्न प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन् । प्रदेश विनाको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको परिकल्पना गर्न नसकिने उल्लेख गर्दै उनले प्रदेशसभा ससदहरुलाई बलिदानीपूर्ण आन्दोलनले ल्याएको सङ्घीयताको विरोध नगर्न अनुरोध गरे ।

विभिन्न समयमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा उनीहरुलाई सङ्घीयता बलियो बनाउन सहयोग गर्न सुझाए । प्रदेशसभा सदस्यहरुबाट नै प्रदेश खारेजीको माग उठेकामा उनले आपत्ति समेत जनाएका छन् ।

‘सबैको त्याग र बलिदानबाट प्राप्त सङ्घीयतालाई थप मजबुत बनाउनुपर्छ’, उनले भने। गठबन्धन सरकार देशको स्वाधीनता र अस्तित्व रक्षा गर्न सदैव तयार भएको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे ।

यसैगरी आज बसेको प्रदेशसभा बैठकमा दफावार छलफलका लागि चार विधेयक पेस गरिएका छन् । मुख्यमन्त्री पाण्डेले पेस गरेका प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि प्रदेश मामिला समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले पेस गरेको प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पेस गरेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ९ : ३६ बजे

कोशीमा सत्तासहकार्य टुटेपछि कांग्रेसले समर्थन फिर्ता लियो

विराटनगर- कोशी प्रदेशमा सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन

भन्सार छली गरी ल्याएको सुनसहित एकजना पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-१ बाट भन्सार छली गरी ल्याएको ८१ ग्राम ८

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं– भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको  छ ।

कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा रास्वपाको विधान संशोधन कार्यदल गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको अनौपचारिक बैठकले

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्