सुदूरपश्चिम प्रदेशसभामा पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन संशोधन विधेयक टेबुल « Khabarhub

सुदूरपश्चिम प्रदेशसभामा पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन संशोधन विधेयक टेबुल


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबुल गरिएको छ ।

प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले उक्त विधेयक टेबुल गरेका हुन्। बैठकमा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाइयोस् भन्ने आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले पेस गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले समितिमा दफावार छलफल भई तयार पारिएको प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न र विवाद समाधान गर्न बनेको विधेयकको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसअघि बैठकको प्रारम्भमा सभामुखबाट समय लिएर प्रदेशसभाका सदस्य वीरमान चौधरीले मोहना नदीको कटानले कैलालीको कैलारी गाउँपालिका–३ को शिवरानपुर गाउँका १६ घरपरिवार जोखिममा परेकाले उनीहरुको उचित बसोबासको व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए । उनले भजनी नगरपालिका–५ स्थित दलित बस्ती कटानको जोखिममा रहेकाले उनीहरुका लागि खाना र बसोबासको व्यवस्था गर्नसमेत ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १० : ११ बजे

लोकन्त्रलाई खतरा छैन, खतरा भए जनताले जोगाउँछन् : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा लोकतन्त्रमाथि कुनै

गगन र रविले अब ‘क्रम भङ्ग’ गर्दै देश बनाउनुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका

गगनलाई रवि लामिछानेको सुझाव- देउवालाई फकाउनुभन्दा छोडिदिनु नै उपयुक्त हुन्छ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सरकार ढल्छ भन्ने मान्छे ढल्ला, सरकार ढल्दैन : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार नढल्ने बरु

गगन थापालाई प्रचण्डले भने – निरन्तरताको क्रमभङ्ग भयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्

काठमाडौँ – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति