सुदूरपश्चिम प्रदेशसभामा पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन संशोधन विधेयक टेबुल | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशसभामा पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन संशोधन विधेयक टेबुल


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबुल गरिएको छ ।

प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले उक्त विधेयक टेबुल गरेका हुन्। बैठकमा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाइयोस् भन्ने आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले पेस गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले समितिमा दफावार छलफल भई तयार पारिएको प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न र विवाद समाधान गर्न बनेको विधेयकको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसअघि बैठकको प्रारम्भमा सभामुखबाट समय लिएर प्रदेशसभाका सदस्य वीरमान चौधरीले मोहना नदीको कटानले कैलालीको कैलारी गाउँपालिका–३ को शिवरानपुर गाउँका १६ घरपरिवार जोखिममा परेकाले उनीहरुको उचित बसोबासको व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए । उनले भजनी नगरपालिका–५ स्थित दलित बस्ती कटानको जोखिममा रहेकाले उनीहरुका लागि खाना र बसोबासको व्यवस्था गर्नसमेत ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १० : ११ बजे

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

काठमाडौं – काठमाडौं महानगरपालिका–१४ कलङ्कीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही

सन्दीपले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं – स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेदरल्यान्डविरुद्धको

टी–२० आईमा किरण र रुपेशको डेब्यु

स्कटल्यान्ड – स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेदरल्यान्डविरुद्धको

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा महामन्त्री शर्माको जोड

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन र