छानबिन समितिको बैठक बस्दै, तीन दिनको कार्यतालिका बनाइने | Khabarhub Khabarhub

सीसीटीभी प्रकरण :

छानबिन समितिको बैठक बस्दै, तीन दिनको कार्यतालिका बनाइने


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज बस्दैछ।

थपिएको ७ दिनको चौथो दिन आज बैठक बसेर अबको तीन दिनभित्र प्रतिवेदन तयार गर्नेबारे तालिका बनाइने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

असार २२ गते गठन भएको समिति तोकिएको दश दिनभित्र निष्कर्षमा पुग्न नसकेपछि बिहीबार ७ दिन थपिएको थियो। समितिले २८ गतेदेखि काम सुरु गरेको थियो।

आइतबार समितिले अर्थमन्त्रालय परिसरको सिसिटिभी फुटेज उपलब्ध नभएको भन्दै सिंहदरबारकै दक्षिण र पूर्वी गेटको सिसिटिभी फुटेज हेर्ने निर्णय गरेको थियो।

त्यसअनुसार जेठ १४ गते मध्यान्ह १२ बजेदेखि भोलिपल्ट १२ बजेसम्म (२४ घण्टा)को भिडिओ उपलब्ध गराउन गृह मन्त्रालयलाई पत्र पठाइएको छ।

बजेट सार्वजनिक गर्ने अघिल्लो रात मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गराएको आरोप लागेपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ६ : १४ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र