छानबिन समितिको बैठक बस्दै, तीन दिनको कार्यतालिका बनाइने « Khabarhub

सीसीटीभी प्रकरण :

छानबिन समितिको बैठक बस्दै, तीन दिनको कार्यतालिका बनाइने


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज बस्दैछ।

थपिएको ७ दिनको चौथो दिन आज बैठक बसेर अबको तीन दिनभित्र प्रतिवेदन तयार गर्नेबारे तालिका बनाइने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

असार २२ गते गठन भएको समिति तोकिएको दश दिनभित्र निष्कर्षमा पुग्न नसकेपछि बिहीबार ७ दिन थपिएको थियो। समितिले २८ गतेदेखि काम सुरु गरेको थियो।

आइतबार समितिले अर्थमन्त्रालय परिसरको सिसिटिभी फुटेज उपलब्ध नभएको भन्दै सिंहदरबारकै दक्षिण र पूर्वी गेटको सिसिटिभी फुटेज हेर्ने निर्णय गरेको थियो।

त्यसअनुसार जेठ १४ गते मध्यान्ह १२ बजेदेखि भोलिपल्ट १२ बजेसम्म (२४ घण्टा)को भिडिओ उपलब्ध गराउन गृह मन्त्रालयलाई पत्र पठाइएको छ।

बजेट सार्वजनिक गर्ने अघिल्लो रात मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गराएको आरोप लागेपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ६ : १४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन