श्रीलंकामा प्रदर्शनकारीको कब्जामा रहेको राष्ट्रपति कार्यालय आज खुल्दै « Khabarhub

श्रीलंकामा प्रदर्शनकारीको कब्जामा रहेको राष्ट्रपति कार्यालय आज खुल्दै


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलंकामा प्रदर्शनकारीले घेराबन्दी गरेको राष्ट्रपति कार्यालय आज सोमबारबाट पुनः खुल्ने भएको छ ।

केही दिनअघि सरकारले सेनाको बल प्रयोग गरेर राष्ट्रपति कार्यालय परिसरबाट सरकार विरोधी प्रदर्शनकारीहरूलाई हटाएको थियो । सरकारको उक्त कदमको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ ।

प्रदर्शनकारीहरूले यसै महिनाको सुरुमा देशको आर्थिक संकटलाई लिएर तीव्र आक्रोशबीच प्रदर्शनकारीले उपनिवेशकालिन उक्त भवनलाई कब्जामा लिएका थिए । प्रदर्शनकारीले भवन कब्जा गर्नुअघि राष्ट्रपति राजापाक्षे त्यहाँबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुगेका थिए ।

गोटाबायाका उत्तराधिकारी रनिल विक्रमासिंघेले ९२ वर्ष पुरानो उक्त ऐतिहासिक भवन खाली गर्न सेनालाई आदेश दिएका थिए ।

राष्ट्रपति विक्रमासिंघेले आदेश दिएको २४ घन्टाभित्रै सेनाले उक्त भवनबाट प्रदर्शनकारीलाई हटाएको थियो । निःशस्त्र प्रदर्शनकारीहरूविरुद्ध बल प्रयोग गरेको भन्दै पश्चिमी देशहरू, संयुक्त राष्ट्र र मानवअधिकार संगठनले विक्रमासिंघको आलोचना गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १२ : २२ बजे

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने