तीन खर्ब २० अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात « Khabarhub

 तीन खर्ब २० अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८/७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट तीन खर्ब २० अर्ब ३२ करोड ७४ लाख ६५ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो । तथ्याङ्कअनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी डिजेल आयातमा नेपाली रुपैयाँ बाहिरिएको पाइएको छ । एक वर्षको अवधिमा नेपालले  एक खर्ब ६८ अर्ब २३ करोड ३२ लाख बढीको डिजेल मात्रै आयात गरेको हो । 

 ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार बराबरको डिजेल, ६५ अर्ब ५५ करोड नौ लाख बराबरको खाना पकाउने एलपी ग्यास र १५ अर्ब १५ करोड ४९ लाख बराबरको हवाई इन्धन आयात भएको छ । एक वर्षको अवधिमा एक खर्ब १३ अर्ब बराबरको भटमास, पाम र सूर्यमुखीको कच्चा तेल, ५२ अर्ब बराबरको मोबाइल र ल्यापटप, ४८ अर्बको सुन-चाँदी र ७३ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ ।

नेपालबाट सबैभन्दा धेरै भटमासको प्रशोधित तेलको निर्यात भएको छ । एक वर्षको अवधिमा ४८ अर्ब १२ करोड बराबरको प्रशोधित भटमासको तेल, ४१ अर्ब ६४ करोड बराबरको प्रशोधित पाम तेल, १० अर्ब १४ करोड बराबरको सेन्थेटिक यार्न, सात अर्ब ७१ करोड बराबरको उनीका सामग्री तथा पाँच अर्ब ७६ करोड बराबरका तयारी कपडाको निर्यात भएको छ । 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १ : २९ बजे

अडानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी मुद्दा खारेज

न्युयोर्क– भारतीय अर्बपति उद्योगपति गौतम अडानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी तथा

अवैध नदी उत्खनन गर्नेहरू प्रहरी नियन्त्रणमा

मुस्ताङ– कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र उनीहरूले

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही– सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले

२९ गतेको संस्थापन इतर समूहको भेलामा शेखर कोइरालाले सम्बोधन गर्ने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा

मन्त्रिपरिषद्को बैठक ३ बजे बस्दै

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को बैठक आज साउन २६ गते