नागरिकताको विषयमा राष्ट्रिय सहमति बनाएर अघि बढ्ने « Khabarhub

नागरिकताको विषयमा राष्ट्रिय सहमति बनाएर अघि बढ्ने


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले नागरिकताको विषयमा सरकारले राष्ट्रिय सहमति बनाएरै अघि बढ्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले नागरिकतासम्बन्धी विधेयक ढिलाइ हुँदा साढे छ लाख नेपाली नागरिकताविहीन भएको हुँदा छिटो सहमति जुटाएर विधेयक अघि बढाउनुपर्ने बताए ।

‘नयाँ विधेयकमा संविधानको व्यवस्थाअनुसार गैरआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक प्रयोग गर्न पाउने गरी नागरिकता दिने प्रावधान थप्ने काम गरियो’, गृहमन्त्री खाणले भने, ‘गैरआवासीय नेपालीलाई राजनीतिक र प्रशासनिक अधिकार दिइएको छैन, यो विषय पनि सबै राजनीतिक दलको सहमतिले नै राखिएको हो ।’

उनले सबै नेपाली नागरिक समान भएको हुँदा सबैले नागरिकता पाउनुपर्ने भएकाले संविधानमा भएको व्यवस्थाअनुसार नै उक्त विधेयक संसद्मा ल्याइएको बताउनुभयो । वैवाहिक अङ्गीकृत नागरिकताको विषयमा राज्य व्यवस्था समितिमा हुन नसकेको उल्लेख गर्दै उनले नागरिकता नपाउँदा पढ्न, उद्योगधन्दा सञ्चालन गर्न, व्यवसाय दर्ता गरेर सञ्चालन गर्न समस्या भएको हुँदा विधेयक तत्काल ल्याउनुपरेको जानकारी गराए ।

 उक्त विधेयकका विषयमा बोल्ने सांसदहरुले नागरिकता जस्तो विषयमा राष्ट्रिय सहमति जुटाएर अगाडि बढाउनुपर्ने र बिहे गर्ने बित्तिकै तत्काल नागरिकता दिने व्यवस्थालाई संशोधन गर्नुपर्ने सुझाव दिएका थिए ।  सांसद विमला राई पौडलले नागरिकताजस्तो संवेदनशील विषयलाई फिर्ता लिएर नयाँ फेरि दर्ता गराएर सांसद र संसद् दुवैको दुरुपयोग भएको तथा भारत, अफगानिस्थान, श्रीलङ्कामा सात वर्षमा मात्र अंगीकृत नागरिकता दिने व्यवस्था भएको बताए ।

सांसद नारायणकाजी श्रेष्ठले पुरानै विधेयक फिर्ता लिएर आफ्नो अनुकूल विधेयक ल्याउने संसदीय अभ्यास सही नभएको सुझाव दिए । सांसद गोपाल भट्टराईले विवाह गरेर आउने बित्तिकै नागरिकता पाउने प्रावधान सही नभएको उल्लेख गर्दै नेपाली चेलीले विदेशी केटासँग विवाह गर्दा लामो समयसम्म अनागरिक भएर बस्नुपर्ने अवस्था रहेको बताए । उनले गलत प्रक्रियाबाट नागरिकता दिन खोजिएको बताए ।

सांसद जितेन्द्रनारायण देवले नेपालको संविधान संशोधन नगरेसम्म नागरिकतासम्बन्धी कुनै पनि कानुन बनाउन सकिने व्यवस्था नभएको र  वर्ष तोकेर राख्नु संविधानको भावनाविपरीत भएको बताए । सांसद गोमादेवी तिमिल्सिनाले नागरिकता जस्तो संवेदनशील विषयलाई भोटको राजनीति बनाउन नहुने र राष्ट्र बचाउनका लागि नागरिकता दिने विषय विचार गर्न सुझाव दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १ : ४३ बजे

नागरिकको सहयोगले जेन–जी आन्दोलनमा लुटिएका अधिकांश हतियार फिर्ता आइसके : आईजीपी कार्की

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको साथ र सहयोगका कारण

फ्लोरिडा वार्तापछि ट्रम्पलाई इजरायल शान्ति पुरस्कार दिने नेतान्याको घोषणा

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार फ्लोरिडामा दुई नेताहरू बिचको

बालेनलक्षित ओलीको टिप्पणी : प्रधानमन्त्री जस-जसले बाँडे पनि एमाले-कांग्रेसकै बहुमत आउँछ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री, कसैलाई

चोरी गरेको ६५ लाख रकमसहित एक युवक पक्राउ

दाङ– दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चारी गरेको ६५

बालेन र रविमाथि एकसाथ खनिएका ओलीले गरे टोपबहादुरको बचाउ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीका