म्यान्मारमा चार जना लोकतन्त्रवादी अभियानकर्मीलाई मृत्युदण्ड « Khabarhub

म्यान्मारमा चार जना लोकतन्त्रवादी अभियानकर्मीलाई मृत्युदण्ड


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्यान्मारको सैनिक सरकारले चारजना लोकतन्त्रवादी अभियानकर्मीहरुलाई मृत्युदण्ड दिएको छ । ‘आतंककारी कार्य’ मा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका उनीहरुलाई मृत्युदण्ड दिइएको म्यान्मारको सैनिक सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

मृत्युदण्ड पाउनेमा अभियानकर्मी को जिम्मी भनिने क्याउ मिन यू र विधायक एवम् हिपहप कलाकार फ्यो जेया थव समेत रहेको बीबीसीले जनाएको छ । त्यस्तै, राजनीति एवम् लोकतन्त्रवादी अभियानको क्षेत्रमा खासै चर्चा नहुने ह्ला म्यो आङ र आङ थुरा जवले पनि मृत्युदण्ड पाएका छन् ।

उनीहरुलाई गत जनवरी र अप्रिल महिनामा गोप्य सुनुवाईका क्रममा मृत्युदण्डको फैसला सुनाइएको थियो । उनीहरुले मुलुकको सरकार चलाइरहेको सेना विरुद्ध लड्न विद्रोही लडाकुहरुलाई सहयोग गरेको आरोप लगाइएको थियो ।

मृत्युदण्ड दिइनुअघि उनीहरुलाई विश्वमै कुख्यात मानिने उपनिवेशकालीन इन्सेइन कारागारमा राखिएको जनाइएको छ ।

मुलुकको राष्ट्रिय सञ्चारमाध्यमले सोमबार मृत्युदण्डबारे समाचार प्रसारण गरेको थियो । पछि सैनिक सरकारका प्रवक्ता जाव मिन टुनले मृत्युदण्ड दिएको घटना पुष्टि गरेका थिए । यद्यपि उनीहरुलाई कुन समयमा मृत्युदण्ड दिइएको हो भन्ने अझै स्पष्ट नभएको रोयटर्सले जनाएको छ ।

म्यान्मारमा पछिल्लो केही दशकमा पहिलो पटक मृत्युदण्डको सजाय दिइएको हो । यसअघि त्यहाँ फासीमा झुण्ड्याएर मृत्युदण्ड दिइने गरिन्थ्यो । यद्यपि पछिल्लो पटक ती लोकतन्त्रवादी अभियानकर्मीहरुलाई कुन समयमा र कसरी मृत्युदण्ड दिइएको हो भन्ने स्पष्ट नभएको बीबीसीले जनाएको छ ।

मृत्युदण्ड दिइएको समाचार सार्वजनिक हुनासाथ उनीहरुका आफन्तहरु इन्सेइन कारागारअघि भेला भएका थिए । मृत्युदण्ड पाएका आफ्ना छोरासँग आफूले गत शुक्रबारमात्रै जुममार्फत् कुराकानी गरेको जेया थवकी आमाले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

म्यान्मारमा मृत्युदण्ड दिइएको घटनालाई लिएर विश्वभर एवम् म्यान्मारभित्रै चर्को आलोचना भएको छ । म्यान्मारको छायाँ सरकारको भूमिका निभाइरहेको विपक्षी समर्थित राष्ट्रिय एकता सरकारले मृत्युदण्डको चर्को विरोध गरेको छ ।

मृत्युदण्डबाट स्तब्ध एवम् दुखी भएको एकता सरकारको भनाइ छ । त्यस्तै, म्यान्मारका लागि संयुक्त राष्ट्रसंघीय प्रतिनिधि टम एण्ड्रुजले पनि मृत्युदण्डको निन्दा गरेको बीबीसीले उल्लेख गरेको छ ।

म्यान्मारमा गत वर्षको फेब्रुअरी महिनामा कु गरी सेनाले सत्ता हत्याएको हो ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ४ : ०८ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले