म्यान्मारमा चार जना लोकतन्त्रवादी अभियानकर्मीलाई मृत्युदण्ड « Khabarhub

म्यान्मारमा चार जना लोकतन्त्रवादी अभियानकर्मीलाई मृत्युदण्ड


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्यान्मारको सैनिक सरकारले चारजना लोकतन्त्रवादी अभियानकर्मीहरुलाई मृत्युदण्ड दिएको छ । ‘आतंककारी कार्य’ मा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका उनीहरुलाई मृत्युदण्ड दिइएको म्यान्मारको सैनिक सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

मृत्युदण्ड पाउनेमा अभियानकर्मी को जिम्मी भनिने क्याउ मिन यू र विधायक एवम् हिपहप कलाकार फ्यो जेया थव समेत रहेको बीबीसीले जनाएको छ । त्यस्तै, राजनीति एवम् लोकतन्त्रवादी अभियानको क्षेत्रमा खासै चर्चा नहुने ह्ला म्यो आङ र आङ थुरा जवले पनि मृत्युदण्ड पाएका छन् ।

उनीहरुलाई गत जनवरी र अप्रिल महिनामा गोप्य सुनुवाईका क्रममा मृत्युदण्डको फैसला सुनाइएको थियो । उनीहरुले मुलुकको सरकार चलाइरहेको सेना विरुद्ध लड्न विद्रोही लडाकुहरुलाई सहयोग गरेको आरोप लगाइएको थियो ।

मृत्युदण्ड दिइनुअघि उनीहरुलाई विश्वमै कुख्यात मानिने उपनिवेशकालीन इन्सेइन कारागारमा राखिएको जनाइएको छ ।

मुलुकको राष्ट्रिय सञ्चारमाध्यमले सोमबार मृत्युदण्डबारे समाचार प्रसारण गरेको थियो । पछि सैनिक सरकारका प्रवक्ता जाव मिन टुनले मृत्युदण्ड दिएको घटना पुष्टि गरेका थिए । यद्यपि उनीहरुलाई कुन समयमा मृत्युदण्ड दिइएको हो भन्ने अझै स्पष्ट नभएको रोयटर्सले जनाएको छ ।

म्यान्मारमा पछिल्लो केही दशकमा पहिलो पटक मृत्युदण्डको सजाय दिइएको हो । यसअघि त्यहाँ फासीमा झुण्ड्याएर मृत्युदण्ड दिइने गरिन्थ्यो । यद्यपि पछिल्लो पटक ती लोकतन्त्रवादी अभियानकर्मीहरुलाई कुन समयमा र कसरी मृत्युदण्ड दिइएको हो भन्ने स्पष्ट नभएको बीबीसीले जनाएको छ ।

मृत्युदण्ड दिइएको समाचार सार्वजनिक हुनासाथ उनीहरुका आफन्तहरु इन्सेइन कारागारअघि भेला भएका थिए । मृत्युदण्ड पाएका आफ्ना छोरासँग आफूले गत शुक्रबारमात्रै जुममार्फत् कुराकानी गरेको जेया थवकी आमाले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

म्यान्मारमा मृत्युदण्ड दिइएको घटनालाई लिएर विश्वभर एवम् म्यान्मारभित्रै चर्को आलोचना भएको छ । म्यान्मारको छायाँ सरकारको भूमिका निभाइरहेको विपक्षी समर्थित राष्ट्रिय एकता सरकारले मृत्युदण्डको चर्को विरोध गरेको छ ।

मृत्युदण्डबाट स्तब्ध एवम् दुखी भएको एकता सरकारको भनाइ छ । त्यस्तै, म्यान्मारका लागि संयुक्त राष्ट्रसंघीय प्रतिनिधि टम एण्ड्रुजले पनि मृत्युदण्डको निन्दा गरेको बीबीसीले उल्लेख गरेको छ ।

म्यान्मारमा गत वर्षको फेब्रुअरी महिनामा कु गरी सेनाले सत्ता हत्याएको हो ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ४ : ०८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ