सेयर बजार ५४.४५ अंकले वृद्धि   | Khabarhub Khabarhub

सेयर बजार ५४.४५ अंकले वृद्धि  


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजारमा हरियाली छाएको छ । साताको दोस्रो कारोबार दिन सोमबार पनि बजार ५४.४५ अंकले वृद्धि भएको हो । नेप्से परिसूचक पनि २१३२.९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार सबै समूहहरू हरियाली बनेका छन् ।

उक्त दिन कारोबार रकम पनि बढेको छ । उक्त दिन ४ अर्ब १० करोड ६८ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । उक्त दिन सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ ।

सोमबार कम्पनीको १५ करोड २९ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको अरुण कावेली पावरको १४ करोड ५१ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, उक्त दिन नेपाल टेलिकमको ११ करोड ५१ लाख ७ हजार, हिमालयन डिस्टिलरीको ११ करोड ४९ लाख ८४ हजार र अपर तामाकोशीको १० करोड ६० लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ३ : ३९ बजे

कार्यदलले प्रधानमन्त्रीलाई बुझायो फौजदारी न्याय प्रशासन सुधार अध्ययन प्रतिवेदन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार

सरकारले संक्रामक रोगमा सूचीकृत गर्‍यो ५२ रोग (सुचिसहित)

काठमाडौं- सरकारले ५२ वटा रोगहरूलाई सङ्क्रामक रोगको सूचीमा राखेको छ

काठमाडौं महानगरपालिकाले थाल्यो एसईई पूरक परीक्षाको तयारी कक्षा

काठमाडौं– काठमाडौं महानगरपालिकाले आजदेखि एसईई पूरक परीक्षाको तयारी कक्षा सुरु

संसद्‍मा सभामुखले भने- प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने तालिका छ

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले असार २८ गते प्रधानमन्त्री पुष्पकमल

झरीबीच एभरेष्ट अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर, सयौँले गराए परीक्षण

काठमाडौं- झरीबीच शनिबार नयाँ बानेश्वरको एभरेष्ट हस्पिटलले बृहत निशुल्क स्वास्थ्य