को बन्दैछन् नयाँ ब्ल्याक प्यान्थर ? (भिडियो) « Khabarhub

को बन्दैछन् नयाँ ब्ल्याक प्यान्थर ? (भिडियो)


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो फिल्म ‘थोर : लभ एण्ड थन्डर’ को मिश्रित प्रतिक्रिया पाएको मार्भल स्टुडियोले अर्को सुपरहिरो फिल्म ‘ब्ल्याक प्यान्थर’ को दोस्रो श्रृंखला ‘वाकान्डा फरेभर’ को ट्रेलर सार्वजनिक गरेको छ। ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ नाम रखिएको फिल्मको ट्रेलरमा वाकान्डाको जलीय वातावरण, भविष्यको प्रविधि र सेतो पहिरन लगाएका वाकन्डाहरुको भीडसँगको अन्त्येष्टिजस्तो देखिने तस्वीरसँगै ट्रेलर सुरु हुन्छ ।

केन्ड्रिक लामारको गीत ‘अलराइट’ बाट सुरु हुने ट्रेलरमा ब्ल्याक प्यान्थर चरित्रमा चाहिँ को देखिनेछ ? भन्ने प्रश्न जवाफ स्पष्ट हुँदैन । अघिल्लो श्रृंखलामा ब्ल्याक प्यान्थर सुपर हिरोको रुपमा देखिँदै आइरहेका अभिनेता चाडविक बोसम्यानको निधन क्लोन क्यान्सरको कारण सन् २०२० मा भइसकेको छ। यसकारण नयाँ ब्ल्याक प्यान्थरको बन्दैछन्? वा उनको चरित्रलाई कसरी मार्भलको सिनेम्याटिक युनिभर्समा हस्तान्तरण गरिएको छ भन्ने कौतुहलता दर्शक समक्ष छ। रायन कुगलरको निर्देशनमा तयार फिल्ममा लुपिता न्योगोलेलिता राइटको मुख्य भूमिका छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ५ : १६ बजे

नक्कली औषधि फेला परेपछि स्वास्थ्य मन्त्रालयद्वारा बजार अनुगमन, १५ भन्दा बढी फार्मेसीलाई कारबाही

काठमाडौं– सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि बजारमा फेला परेपछि

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनधि सभाको आजको दोस्रो बैठकमा सार्वजनिक खरिद प्रणालीलाई अझ

इरानी विदेशमन्त्रीको चेतावनी : हर्मुज जलमार्गमा हुने कुनै पनि चुनौतीले ‘तनाव बढाउनेछ’

बग्दाद– मध्यपूर्व युद्ध समाप्त गर्न शान्ति वार्ता चलिरहेको अवस्थामा पनि

गृह मन्त्रालयको कर्मचारी भन्दै प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ

काठमाडौं- आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष