धादिङ जीप दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुल्यो (नामावलीसहित) « Khabarhub

धादिङ जीप दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुल्यो (नामावलीसहित)


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको गल्छी गाउँपालिका–६ बाँझगाउँमा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा धादिङको गल्ची गाउँपालिका–४ कार्कीडाँडाका ३८ वर्षीय राजु रम्तेल, कार्कीडाँडाकै ३२ वर्षका सेतु मिजार, गल्ची–६ बाँझगाउँका ३० वर्षीया कान्छी भजेल र बाँझगाउकै २५ वर्षीया नानु तामाङ छन् ।

गल्छी गाउँपालिका–४ कार्कीडाँडाबाट पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको बैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको बोलेरो जीप दुर्घटना परेको थियो ।

बैरेनीबाट करिब ५ किलोमिटर भित्र कच्ची सडकमा भएको दुर्घटनामा १० जना घाइते भएका जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार जीपमा करिब १८ जना सवार थिए ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  २ : ०५ बजे

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज