सिन्धुपाल्चोकमा भिरबाट खस्दा दुई जनाको मृत्यु « Khabarhub

सिन्धुपाल्चोकमा भिरबाट खस्दा दुई जनाको मृत्यु


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुपाल्चोकमा भिरबाट खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रावती गाउँपालिका–५ कोइरालाटारमा भिरबाट खस्दा एक जना महिला र बालकको मृत्यु भएको हो ।

चौतारा साङ्गाचोकगढी नगरपालिका सानुसिरुबारी घर भएकी ५५ वर्षीया गोमा धिताल र उनकी बहिनीका छोरा मेलम्ची नगरपालिका–११ बस्ने ५ वर्षीय विशेष चालिसेको भिरबाट खसेर खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

मृतक महिला बालकको ठूलीआमा रहेको र उनीहरु इन्द्रावती गाउँपालिका–१० भोटसिपामा रहेको माइत जाँदै गर्दा भिरबाट खसेर खोलाले बगाएको उनीहरुसँगै रहेकी बालकको आमा पार्वती चालिसेले बताएकी छन् ।

दुबै जनाको शव केही तल खोलामा भेटीएपछि परीक्षणका लागि मेलम्ची लगिएको इलाका प्रहरी कार्यालय नवलपुका प्रहरी निरीक्षक इन्द्रजीत इटनीले जानकारी दिए ।

घटना दिउँसो भएको हो । शव केही तल इन्द्रावती खोलामा भेटिएको थियो । बाटो निकै अप्ठेरो रहेको र अझै दुर्घटना हुनसक्ने भन्दै स्थानीयले उक्त बाटो प्रयोग नगर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : ४४ बजे

लोकन्त्रलाई खतरा छैन, खतरा भए जनताले जोगाउँछन् : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा लोकतन्त्रमाथि कुनै

गगन र रविले अब ‘क्रम भङ्ग’ गर्दै देश बनाउनुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका

गगनलाई रवि लामिछानेको सुझाव- देउवालाई फकाउनुभन्दा छोडिदिनु नै उपयुक्त हुन्छ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सरकार ढल्छ भन्ने मान्छे ढल्ला, सरकार ढल्दैन : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार नढल्ने बरु

गगन थापालाई प्रचण्डले भने – निरन्तरताको क्रमभङ्ग भयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्

काठमाडौँ – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति