सिन्धुपाल्चोकमा भिरबाट खस्दा दुई जनाको मृत्यु « Khabarhub

सिन्धुपाल्चोकमा भिरबाट खस्दा दुई जनाको मृत्यु


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुपाल्चोकमा भिरबाट खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रावती गाउँपालिका–५ कोइरालाटारमा भिरबाट खस्दा एक जना महिला र बालकको मृत्यु भएको हो ।

चौतारा साङ्गाचोकगढी नगरपालिका सानुसिरुबारी घर भएकी ५५ वर्षीया गोमा धिताल र उनकी बहिनीका छोरा मेलम्ची नगरपालिका–११ बस्ने ५ वर्षीय विशेष चालिसेको भिरबाट खसेर खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

मृतक महिला बालकको ठूलीआमा रहेको र उनीहरु इन्द्रावती गाउँपालिका–१० भोटसिपामा रहेको माइत जाँदै गर्दा भिरबाट खसेर खोलाले बगाएको उनीहरुसँगै रहेकी बालकको आमा पार्वती चालिसेले बताएकी छन् ।

दुबै जनाको शव केही तल खोलामा भेटीएपछि परीक्षणका लागि मेलम्ची लगिएको इलाका प्रहरी कार्यालय नवलपुका प्रहरी निरीक्षक इन्द्रजीत इटनीले जानकारी दिए ।

घटना दिउँसो भएको हो । शव केही तल इन्द्रावती खोलामा भेटिएको थियो । बाटो निकै अप्ठेरो रहेको र अझै दुर्घटना हुनसक्ने भन्दै स्थानीयले उक्त बाटो प्रयोग नगर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : ४४ बजे

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र

समानुपातिकतर्फ नेकपाले दियो युवा नेताहरू र जेन-जीलाई अवसर

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन