अफगानिस्तानले पाकिस्तान निर्यात हुने कोइलाको मूल्य बढायो « Khabarhub

अफगानिस्तानले पाकिस्तान निर्यात हुने कोइलाको मूल्य बढायो


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानले छिमेकी मुलुक पाकिस्तानतर्फ निर्यात हुने कोइलाको मूल्य बढाएको छ ।

अफगानिस्तानको खानी एवम् पेट्रोलियम मन्त्रालयले पाकिस्तानतर्फ निर्यात हुने कोइलाको मूल्य वृद्धि गरिएको जनाएको हो ।

अफगानिस्तानको टोलो न्युज टेलिभिजन च्यानलका अनुसार अफगानिस्तानले पाकिस्तानतर्फ निर्यात गर्ने कोइलाको मूल्यमा ८० अमेरिकी डलर प्रतिटन वृद्धि गरेको छ ।

अफगानिस्तानको खानी एवम् पेट्रोलियम मन्त्रालयका प्रवक्ता एस्मतुल्लाह बुरहानले जनाएअनुसार यसअघि २ सय अमेरिकी डलर प्रतिटन रहेको कोइलाको मूल्य बढेर अब २८० डलर प्रतिटन पुगेको छ ।

अफगानिस्तानले पछिल्लो दुई महिनायता १० हजार टन कोइला पाकिस्तानतर्फ निर्यात गरेको जनाइएको छ । यीमध्ये अधिकांक कोइला पाकिस्तानी सेनासँग सम्बन्धित कम्पनीहरुले खरिद गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : ०१ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै