कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु | Khabarhub Khabarhub

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा आज मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ बस्ने अन्दाजी ५५ वर्षीय नेत्रप्रसाद पन्त रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ का २२ वर्षीय सौजन खड्काले चलाएको से३प ९९० नंको मोटरसाइकलले पैदलयात्री पन्तलाई ठक्कर दिएको थियो ।

घाइते पन्तको उपचारका क्रममा माया मेट्रो अस्पतालमा आज साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक खड्का र पछाडि सवार बैतडी दशरथचन्द–८ बस्ने २२ वर्षीय रामचन्द्र शर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : ४८ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका