अब जहाँ पायो त्यहाँ ट्याक्सी पार्किङ गर्न नपाइने, बन्दै छ यस्तो नियम « Khabarhub

अब जहाँ पायो त्यहाँ ट्याक्सी पार्किङ गर्न नपाइने, बन्दै छ यस्तो नियम


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले ट्याक्सीका लागि पार्किङ क्षेत्र तोक्ने भएको छ ।

विभिन्न क्षेत्रमा पार्किङको समस्या देखिएकाले महानगरले पार्किङका लागि विशेष क्षेत्र तोक्न लागेको हो ।

जथाभावी रुपमा ट्याक्सी पार्किङ हुँदा सडकको सौन्दर्यता नै हराएको र जाम बढ्दै गएकाले निश्चित स्थानमा पार्किङ को व्यवस्था गर्न लागेको महानगरपालिकाले जनाएको छ ।

ट्याक्सी पार्किङ क्षेत्र अन्तर्गत पहिलो चरणमा पुरानो बसपार्क र नयाँ बसपार्क क्षेत्रमा पार्किङ क्षेत्र निर्धारण गरिने महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए ।

‘आपत्तकालिन अवस्थामा ट्याक्सी खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य हुन्छ’ उनले भने ‘फोनबाटै ट्याक्सी चालकलाइ बोलाउन सकिन्छ’ । साथै सुविधाका लागि ट्याक्सीलाई टोल फ्रि नम्बर उपलब्ध गराइने समेत उनले बताए ।

काठमाडौंका विभिन्न स्थानमा ट्याक्सी क्षेत्र निर्धारण नगर्दा यात्रुले सास्ती खेप्नुपरेको छ । सडकमा गुडीरहेको ट्याक्सीलाइ हात हल्लाउँदै बोलाउनुपर्ने यात्रुको बाध्यता छ । त्यसैकारण महानगरपालिकाले ट्याक्सी पार्किङ क्षेत्र निर्धारण गर्न लागेको हो ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  २ : ३४ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल