नवौं राष्ट्रिय खेलकुदका लागि पोखरामा तयारी सुरु « Khabarhub

नवौं राष्ट्रिय खेलकुदका लागि पोखरामा तयारी सुरु


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुँदैछ ।

गण्डकी प्रदेशको राजधानी पोखरा सहित विभिन्न जिल्लामा संरचना अनुसार खेलकुदका प्रतियोगिता हुन लागेको हो । गण्डकीमा हुने प्रतियोगिताको तयारी प्रदेशबाट पनि सुरु भएको हो । सोमबार प्रदेश खेलकुद परिषदले पूर्ण बैठक बसेर तयारी सुरु गरेको हो ।

बैठकले खेल स्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति संयोजकमा खगेन्द्र क्षेत्री र सदस्यमा योगेन्द्र गुरुङ, बसोवास व्यवस्थापन उपसमिति संयोजकमा योगेन्द्र शेरचन, स्वास्थ्य उपसमिति संयोजकमा निर्मला बराल र सदस्यमा शुभकन्या गुरुङ, यातयात व्यवस्थापन उपसमिति संयोजकमा तारा माया थापा, सुरुक्षा उपसमिति संयोजकमा ऋषीराम गौतम, प्रचार प्रसारमा केशव पाठक, खेल सामाग्री तथा पोशाक उपसमिति संयोजकमा अमृत बराल, स्रोत परिचालन उपसमिति संयोजकमा दिल बहादुर गुरुङलाई जिम्मेवारी दिएको छ ।

त्यसै गरी अनुशन्धान उपसमिति संयोजकमा गण्डकी विश्वविद्यालय, स्वय सेवक परिचालन उपसमिति संयोजकमा गिरमान गुरुङ र सदस्यमा बासु बराल, अतिथि सत्कार उपसमिति संयोजकमा विष्णु मायाँ गुरुङ र सदस्यमा चन्दा घले गुरुङ, समारोह उपसमिति संयोजकमा बसन्तराज दवाडी र सदस्यमा आकृती भण्डारीलाई जिम्मेवारी दिएको उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए ।

खेल सञ्चालन कार्यविधि २०७९ छलफल पछि स्विकृतीका लागि यूवा तथा खेलकुद मन्त्रालयमा पठाउने निर्णय गरिएको छ ।

प्रतियोगिता आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुनेछ । खेलकुदको तयारी तथा टिम छनोट र बन्द प्रशिक्षणका लागि करिव ७ करोड खर्च लाग्ने अनुमान सहित परिषद्ले मन्त्रालयसँग बजेट मागेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ९ : ३३ बजे

‘क्रुड आयल’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी – जिल्लाको सिगास गाउँपालिका–८ स्थित सानीगाड खोलामा आज ट्याक्टर

विपिन र केकीको ‘काजी’ जेठ ८ मा प्रदर्शन हुने

काठमाडौं – नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष

विषादीरहित तरकारी उत्पादनमा किसान

टीकापुर–  यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन् ।

हावाहुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

सिरहा– जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ