आर्थिक वर्षको सुरुमै योजना बनाएर समयमै सम्पन्न गर्न मुख्यमन्त्री राईकाे निर्देशन « Khabarhub

आर्थिक वर्षको सुरुमै योजना बनाएर समयमै सम्पन्न गर्न मुख्यमन्त्री राईकाे निर्देशन


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित वार्षिक समीक्षा कार्यक्रममा उहाँले बजेटको अभाव नभएकाले आर्थिक वर्षको सुरुबाटै योजना बनाउन र समयमै सम्पन्न गर्न कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री राईले भुक्तानी मौज्दात अनुमानभन्दा बढी व्यवस्थापन भएकाले बजेट कार्यान्वयनमा समस्या नहुने बताए। उनले प्रदेशस्तरका मन्त्रालय तथा कार्यालयमा कर्मचारी व्यवस्थापन गर्नुपर्दा मापदण्ड बनाएर पारदर्शी ढङ्गले गर्न निर्देशन दिँदै कर्मचारी व्यवस्थापनका सम्बन्धमा समस्या नआउनेगरी मापदण्ड बनाउनुपर्नेमा जोड दिए ।

कर्मचारीको पूर्ण विश्वासका साथ सरकार सञ्चालन गर्ने आफूहरूको नीति भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले कर्मचारी र सरकारबीचको मित्रवत् भावनाबाट समग्र कार्यसम्पादन प्रभावकारी हुने बताए ।

प्रमुख सचिव विनोदप्रकाश सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकारको समग्र नेतृत्व गर्ने निकाय भएकाले यो अरूका लागि उदाहरणीय हुनुपर्ने धारणा व्यक्त गरे। समीक्षा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरूसहित अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १० : २४ बजे

लोकन्त्रलाई खतरा छैन, खतरा भए जनताले जोगाउँछन् : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा लोकतन्त्रमाथि कुनै

गगन र रविले अब ‘क्रम भङ्ग’ गर्दै देश बनाउनुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका

गगनलाई रवि लामिछानेको सुझाव- देउवालाई फकाउनुभन्दा छोडिदिनु नै उपयुक्त हुन्छ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सरकार ढल्छ भन्ने मान्छे ढल्ला, सरकार ढल्दैन : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार नढल्ने बरु

गगन थापालाई प्रचण्डले भने – निरन्तरताको क्रमभङ्ग भयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्

काठमाडौँ – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति